आचारसंहिताले सरकारलाई अप्ठेरो परेको छैन ः प्रधानमन्त्री देउवा

Shikharkhabar Shikharkhabar
|
मंगलबार, भाद्र २७, २०७४
|
|
३८ पटक हेरिएको
Shares
आचारसंहिताले सरकारलाई अप्ठेरो परेको छैन ः प्रधानमन्त्री देउवा

सारांश

  • विराटनगर, २७ भदौ ।
  • प्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचन आचारसंहिताका कारण सरकारलाई कुनै अप्ठेरो नपरेको स्पष्ट पार्नुभएको छ ।
  • विराटनगर विमानस्थलमा आज बिहान सञ्चारकर्मीहरुसँग संंक्षिप्त कुराकानी गर्दै उहाँले सरकारलाई आवश्यक कामकाजमा कुनै अप्ठेरो पर्न गएमा निर्वाचन आयोगको सहमतिमा मात्र गरिने जानकारी गराउनुभयो ।

विराटनगर, २७ भदौ । प्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचन आचारसंहिताका कारण सरकारलाई कुनै अप्ठेरो नपरेको स्पष्ट पार्नुभएको छ ।

विराटनगर विमानस्थलमा आज बिहान सञ्चारकर्मीहरुसँग संंक्षिप्त कुराकानी गर्दै उहाँले सरकारलाई आवश्यक कामकाजमा कुनै अप्ठेरो पर्न गएमा निर्वाचन आयोगको सहमतिमा मात्र गरिने जानकारी गराउनुभयो ।

निर्वाचन आयोगले जारी गरेको आचारसंहितालाई सरकारले उल्लंघन नगरेको स्पष्ट पार्दै प्रधानमन्त्री देउवाले भन्नुभयो, “आचारसंहिता पालना गर्न सरकार प्रतिबद्ध रहेको छ ।”

संविधान संशोधनको सम्बन्धमा पत्रकारको जिज्ञासामा उहाँले मुलुकको संविधान गतिशील रहेको र संसदीय निर्वाचनपछि संविधान संशोधनको सम्भावना प्रचुररुपमा रहेको उल्लेख गर्नुभयो ।

नेपाल आयल निगमद्वारा जग्गा खरिदमा अनियमितता भएको भनिएको सम्बन्धमा उहाँले यस विषयमा छानबिन भइरहेको जानकारी गराउनुभयो ।

नेपाली काँग्रेसको सभापतिसमेत रहनुभएका देउवासमक्ष पत्रकारको जिज्ञासामा उहाँले पार्टीको विधानअनुसार उपसभापति नियुक्ति चाँडै हुने स्पष्ट पार्नुभयो ।

मन्त्रिमण्डल विस्तारको सम्बन्धमा प्रधानमन्त्री देउवाले आवश्यकताअनुसार नै मन्त्रिमण्डल विस्तार गरिएको बताउनुभयो ।

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    Balram Pandey

    के को अप्ठेरो नमाने पछी ।

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

विश्व समाचार : उत्तर कोरिया र अमेरिकाबीच वार्तालाई निरन्तरता दिन सहमत
विश्व समाचार : उत्तर कोरिया र अमेरिकाबीच वार्तालाई निरन्तरता दिन सहमत
नेकपा माओवादी केन्द्र र नेकपा संयुक्तबीच आज पार्टी एकताको घोषणा
नेकपा माओवादी केन्द्र र नेकपा संयुक्तबीच आज पार्टी एकताको घोषणा
सरकारलाई व्यवसायीको सात दिने अल्टिमेटम
सरकारलाई व्यवसायीको सात दिने अल्टिमेटम
ओली र नेपालबीचको मनमुटाव उत्कर्षमा, बोलचाल नै बन्द
ओली र नेपालबीचको मनमुटाव उत्कर्षमा, बोलचाल नै बन्द
एसियन क्लब प्रिमियर लिग : नेपाल स्ट्रोमले बंगलादेश टाइगर्सलाई ७ विकेटले हरायो
एसियन क्लब प्रिमियर लिग : नेपाल स्ट्रोमले बंगलादेश टाइगर्सलाई ७ विकेटले हरायो
नयाँ वर्षअघि उपत्यकामा मेलम्ची पानी कति सम्भव, कति असम्भव ?
नयाँ वर्षअघि उपत्यकामा मेलम्ची पानी कति सम्भव, कति असम्भव ?
Opposition candidate confirmed Maldives president-elect
Opposition candidate confirmed Maldives president-elect
प्योङयाङमा अमेरिकी कुटनीतिक कार्यालय खोल्न किम सहमत, वार्ता जारी
प्योङयाङमा अमेरिकी कुटनीतिक कार्यालय खोल्न किम सहमत, वार्ता जारी
देशभरका १४० स्थानीय तह प्रमुख प्रशासकीय अधिकृतविहीन
देशभरका १४० स्थानीय तह प्रमुख प्रशासकीय अधिकृतविहीन
अर्थतन्त्र चलायमान बनाइराख्न पुँजीगत खर्च बढाउछौँ : अर्थमन्त्री महत
अर्थतन्त्र चलायमान बनाइराख्न पुँजीगत खर्च बढाउछौँ : अर्थमन्त्री महत

तपाईंले छुटाउनुभयो कि?