पूर्वसांसद गुरुङको निधनमा सभापति देउवाद्वारा दुःख व्यक्त

Shikharkhabar Shikharkhabar
|
आइतबार, आषाढ २४, २०८०
|
|
३७ पटक हेरिएको
Shares
पूर्वसांसद गुरुङको निधनमा सभापति देउवाद्वारा दुःख व्यक्त

सारांश

  • काठमाडौँ ।
  • नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल भूतपूर्व सैनिक सङ्घका संस्थापक अध्यक्ष एवं पूर्वसांसद कर्णेल लालकाजी गुरुङको निधन भएको छ ।
  • कांग्रेस केन्द्रीय कार्यालयका कार्यवाहक मुख्यसचिव डा प्रदीप पराजुलीले आज शोक विज्ञप्ति जारी गरी नेपाली कांग्रेसको सङ्गठन निर्माण र नेपालको लोकतान्त्रिक आन्दोलनमा सक्रिय भूमिका निर्वाह गरेका गुरुङको शनिबार काठमाडौँमा निधन भएको जानकारी दिए ।

काठमाडौँ । नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल भूतपूर्व सैनिक सङ्घका संस्थापक अध्यक्ष एवं पूर्वसांसद कर्णेल लालकाजी गुरुङको निधन भएको छ ।

कांग्रेस केन्द्रीय कार्यालयका कार्यवाहक मुख्यसचिव डा प्रदीप पराजुलीले आज शोक विज्ञप्ति जारी गरी नेपाली कांग्रेसको सङ्गठन निर्माण र नेपालको लोकतान्त्रिक आन्दोलनमा सक्रिय भूमिका निर्वाह गरेका गुरुङको शनिबार काठमाडौँमा निधन भएको जानकारी दिए ।

विसं २०४८ मा नेपाली कांग्रेसका तर्फबाट राष्ट्रियसभा सदस्य बन्नुभएका गुरुङ भारतीय सेनाका पूर्वकर्णेल थिए । उनको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको नेपाली कांग्रेसले जनाएको छ । गुरुङको निधनबाट कांग्रेसले एक अग्रज व्यक्ति गुमाएको बताएको छ ।

गुरुङको निधनप्रति कांग्रेस सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले गहिरो दुःख व्यक्त गरेका छन् । देउवाले स्व गुरुङले पार्टी सङ्गठन र नेपालको लोकतान्त्रिक आन्दोलनमा निर्वाह गरेको भूमिकाको स्मरण गर्दै उनीप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेका छन् ।

सभापति देउवाले दिवङ्गत आत्माको चिरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवारजनप्रति पार्टी र आफ्नो तर्फबाट गहिरो समवेदना प्रकट गरेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पेट्रोलियम पदार्थको मूल्य घट्यो
पेट्रोलियम पदार्थको मूल्य घट्यो
बढ्दो सवारी दुर्घटनाः न्यूनीकरणका लागि सबैको चासो र चिन्ता भए पनि रोकिँदैन
बढ्दो सवारी दुर्घटनाः न्यूनीकरणका लागि सबैको चासो र चिन्ता भए पनि रोकिँदैन
हतियारको राजनीति सम्भव छैनः माधव नेपाल
हतियारको राजनीति सम्भव छैनः माधव नेपाल
यस्ता छन् डोल्पाली उम्मेदवारका विकासे एजेण्डा
यस्ता छन् डोल्पाली उम्मेदवारका विकासे एजेण्डा
यी ८ कारणले सलमान खान र ऐश्वर्य रायको ब्रेक–अप भएको थियो ।
यी ८ कारणले सलमान खान र ऐश्वर्य रायको ब्रेक–अप भएको थियो ।
अवैध तरिकाले विदेशमा अर्बौ लगानी गर्ने ५४ नेपाली को को हुन् ?
अवैध तरिकाले विदेशमा अर्बौ लगानी गर्ने ५४ नेपाली को को हुन् ?
निर्मलाका लागि न्याय माग्दै राष्ट्रपति भवनअगाडि नाराबाजी, युवाहरु प्रहरीको नियन्त्रणमा
निर्मलाका लागि न्याय माग्दै राष्ट्रपति भवनअगाडि नाराबाजी, युवाहरु प्रहरीको नियन्त्रणमा
महतो अध्यक्ष भएपछि राजपाभित्र चर्कियो विवाद
महतो अध्यक्ष भएपछि राजपाभित्र चर्कियो विवाद
मुख्यमन्त्री पौडेल द्वारा ‘वन बेल्ट वन रोड’ सम्मेलनमा सम्बोधन
मुख्यमन्त्री पौडेल द्वारा ‘वन बेल्ट वन रोड’ सम्मेलनमा सम्बोधन
उखु किसानको पैसा नदिने उद्योगीलाई कारवाही गर्न निर्देशन
उखु किसानको पैसा नदिने उद्योगीलाई कारवाही गर्न निर्देशन

तपाईंले छुटाउनुभयो कि?