कडा सुरक्षाका बीच सर्लाही ४ को मतगणना जारी

Shikharkhabar Shikharkhabar
|
मंगलबार, मंसिर २६, २०७४
|
|
१९ पटक हेरिएको
Shares
कडा सुरक्षाका बीच सर्लाही ४ को मतगणना जारी

सारांश

  • सर्लाही, मंसिर २६ –प्रतिनिधिसभा सदस्यतर्फ सर्लाही क्षेत्र नं.
  • ४ मा मतगणना भैरहेको छ ।
  • आइतार रातिदेखि रोकिएको मतगणना मंगलबार बिहानदेखि कडा सुरक्षाका बीच सूरु भएको हो ।

सर्लाही, मंसिर २६ –प्रतिनिधिसभा सदस्यतर्फ सर्लाही क्षेत्र नं. ४ मा मतगणना भैरहेको छ । आइतार रातिदेखि रोकिएको मतगणना मंगलबार बिहानदेखि कडा सुरक्षाका बीच सूरु भएको हो । बेलुका सम्ममा मतगणना सक्ने गरी गणना तीव्र रुपमा भैरहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

मतगणना भैरहँदा ताजा अवस्थामा कांगे्रसका उम्मेदवार डा. अमरेशकुमार सिंह २३ हजार ८८ मतका साथ अगाडि हुनुहुन्छ भने उहाँका प्रतिस्पर्धी राजपा नेपालका राकेशकुमार मिश्रले २१ हजार ८ सय ५६ मत प्राप्तगरि उहाँलाई पछ्याइरहनु भएको छ । क्षेत्र नम्बर ४ को मतगणना भैरहेको स्थान सर्लाही क्याम्पस मलंगवा बाहिर सोमबार दिउँसो राजपा र कांगे्रसका कार्यकर्ताबीच झडप भएपछि व्यापाक मात्रामा सुरक्षाकर्मी तैनाथ गरिएको छ ।

जनता आधारभुत विद्यालय बलरा मतदान केन्द्रको एक मतपेटिकामा ६ मध्ये ४ वटा मात्रै सिल लगाएको भेटिएपछि दलका प्रतिनिधिहरुबीच विवाद हुँदा आइतवार रातिदेखि त्यस क्षेत्रको मतगणना रोकिएको थियो । सोमबार बिहान दलका प्रतिनिधिबीच जिल्ला प्रशासन कार्यालयमा भएको सर्वदलीय बैठकमा सहमति जुटेपछि पुन : मतगणना सूरु भएको हो ।

(www.newportworldresorts.com)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?