बुटवलमा गोली हानेर एकजनाको हत्या

Shikharkhabar Shikharkhabar
|
बिहिबार, चैत्र १४, २०७५
|
|
२८ पटक हेरिएको
Shares
बुटवलमा गोली हानेर एकजनाको हत्या

सारांश

  • बुटवल ।
  • बुटवलमा लामो समयदेखि अटो वर्कसपमा काम गर्दै आएका एकजना भारतीय नागरिकलाई गोली हानी हत्या भएको छ ।
  • बुटवल उपमहानगरपालिका गडीटोलमा भारतीय नागरिकको गोली प्रहार गरी हत्या गरिएको हो ।

बुटवल । बुटवलमा लामो समयदेखि अटो वर्कसपमा काम गर्दै आएका एकजना भारतीय नागरिकलाई गोली हानी हत्या भएको छ । बुटवल उपमहानगरपालिका गडीटोलमा भारतीय नागरिकको गोली प्रहार गरी हत्या गरिएको हो ।

बुटवलको अटो भिलेजस्थित अटो वर्कसपमा काम गर्दै आएका भारत बेलियाका ४० वर्षीय फिरोज खानको अज्ञात समूहले गोली हानी हत्या गरेको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी उपरीक्षक डिलबहादुर मल्लले जानकारी दिएका छन् ।

गोली लागी घाइते भएका खानको उपचारका क्रममा लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा मृत्यु भएको हो । उनी विगत एक दशकदेखि बुटवल मैनाबगरस्थित अटो वर्कसपमा काम गर्दै आएका थिए । आक्रमणकारी समूहको प्रहरीले खोजी गरिरहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?