पूर्व प्रधानमन्त्री खालिदा जियाको धरौटी सेप्टेम्बरसम्मका लागि थप !

Shikharkhabar Shikharkhabar
|
मंगलबार, श्रावण २२, २०७५
|
|
२५ पटक हेरिएको
Shares
पूर्व प्रधानमन्त्री खालिदा जियाको धरौटी सेप्टेम्बरसम्मका लागि थप !

सारांश

  • ढाका,  २२ साउन ।
  • बङ्गलादेशको राजधानी ढाकास्थित एक विशेष अदालतले पूर्व प्रधानमन्त्री बेगम खालिदा जियाको धरौटीलाई आगामी सेप्टेम्बर ५ सम्मका लागि थप गरेको छ ।
  • विशेष अदालतको मङ्गलकारको निर्णय अनुसार ‘जिया अर्फानेज ट्रष्ट’ मा भएको भ्रष्टाचार मुद्दालाई थप गरेको थियो ।

ढाका,  २२ साउन । बङ्गलादेशको राजधानी ढाकास्थित एक विशेष अदालतले पूर्व प्रधानमन्त्री बेगम खालिदा जियाको धरौटीलाई आगामी सेप्टेम्बर ५ सम्मका लागि थप गरेको छ ।
विशेष अदालतको मङ्गलकारको निर्णय अनुसार ‘जिया अर्फानेज ट्रष्ट’ मा भएको भ्रष्टाचार मुद्दालाई थप गरेको थियो । न्यायाधीश मोहम्मद अख्तरुज्जमन विदामा रहेकाले विशेष अदालतका कायममुकायम न्यायाधीश शेख नजमुल आलमले धरौटी म्याद थप गरिएको ढाका ट्रिवुनले उल्लेख गरेको छ ।
खालिदाको धरौटी म्याद यस अघि पनि धेरै पटक थप गरिएको थियो । यस अघि फेब्रुवरी ८, मार्च १२, र जुलाई ३१ मा म्याद थप गरिएको थियो । पछिल्लो पटक जुलाईमा अगस्ट ७ सम्मका लागि थप गरिएको म्याद थपलाई फेरि बढाइएको हो ।
सन् २००८ को जुलाईमा भ्रष्टाचार निवारण आयोगले दर्ता गरेको मुद्दामा अदालतले दोषी प्रमाणित गर्दै पूर्व प्रधानमन्त्री खालिदा, उहाँका जेठा छोरा तारिक रहमान तथा चार जना अन्य नेतालाई १० बर्षको कठोर जेल सजाय तथा दुई करोड १० लाख बङ्गलादेशी टाका बराबर जरिवाना भएको छ ।
त्रिहत्तर बर्षीया खालिदा जियाले सन् १९९१ देखि सन् १९९६ र सन् २००१ देखि सन् २००६ सम्म गरी १० बर्ष बङ्गलादेशको शासनसत्ता सम्हाल्नुभएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?