विश्वकप छनोटमा नेपाल ६ विकेटले विजयी

Shikharkhabar Shikharkhabar
|
बुधबार, आषाढ ६, २०८०
|
|
४५ पटक हेरिएको
Shares
विश्वकप छनोटमा नेपाल ६ विकेटले विजयी

सारांश

  • काठमाडौं ।
  • जिम्बावेमा जारी आइसीसी एकदिवसीय विश्वकप छनोट प्रतियोगिताको आफ्नो दोस्रो खेलमा नेपालले अमेरिकालाई ६ विकेटले पराजित गरेको छ ।
  • जिम्बावेको राजधानी हरारेमा रहेको टागासिंगा स्पोर्टस् क्लबमा अमेरिकाले दिएको २०८ रनको लक्ष्य नेपालले ४२ बल बाँकी छँदै पुरा गरेको हो ।

काठमाडौं । जिम्बावेमा जारी आइसीसी एकदिवसीय विश्वकप छनोट प्रतियोगिताको आफ्नो दोस्रो खेलमा नेपालले अमेरिकालाई ६ विकेटले पराजित गरेको छ । जिम्बावेको राजधानी हरारेमा रहेको टागासिंगा स्पोर्टस् क्लबमा अमेरिकाले दिएको २०८ रनको लक्ष्य नेपालले ४२ बल बाँकी छँदै पुरा गरेको हो ।

नेपालको जितमा भीम शार्की र दिपेन्द्र सिंह ऐरीले ७४ रनको साझेदारी गरे । भीमले सर्वाधिक ७७ रन बनाउँदै नटआउट रहे । उनले ११४ बलमा ७ चौका र एक छक्का प्रहार गरे । यस्तै दिपेन्द्र सिंह ऐरी ३९ रनमा नटआउट रहँदा कुशल भुर्तेलले ३९ रन बनाएर आउट भए । अमेरिकाका सौरभ नेत्रभाल्कर, नोस्तुश केन्जीग, निसर्ग पटेल र स्टेभन टेलरले समान एक एक विकेट लिए ।

त्यसअधि टस हारेर पहिले ब्याटिङ गरेको अमेरिका ४९ ओभरमा २ सय ७ रनमा अलआउट भयो । अमेरिकाका लागि शायन जाहान्गिरले ७९ बलमा १० चौका र ३ छक्काको सहयोगमा अविजित १ सय रनको शतकीय ईनिङ खेले । वेस्ट इन्डिजसँगको अघिल्लो खेलमा शतक बनाएका सिंह २६ रनमा आउट भए । ओपनर मोदानीले ७१ बलमा ३ चौका र १ छक्काको सहयोगमा ४२ रन बनाए । निसर्ग पटेलले २५ बल खेलेर ८ रन बनाए ।

नेपालका लागि करण केसीले ९ ओभरमा ३३ रन खर्चिएर ४ विकेट लिए । गुलसन झाले ३ तथा दीपेन्द्रसिंह ऐरीले २ विकेट लिए । ललितनारायण राजवंशी १ विकेट आफ्नो नाममा गरे । यो जितसँगै नेपालले पहिलो जितका साथ शीर्ष तीनमा रहँदै सुपर सिक्समा स्थान बनाउने सम्भावना बलियो बनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

अब भीभीआईपीको उपचार नेपालमै
त्रिभुवन विमानस्थल आसपास खुला फोहोरको डम्पिङः हवाई सुरक्षामा गम्भीर चुनौती र महामारीको उच्च जोखिम
त्रिभुवन विमानस्थल आसपास खुला फोहोरको डम्पिङः हवाई सुरक्षामा गम्भीर चुनौती र महामारीको उच्च जोखिम
कक्षा १० को अन्तिम परीक्षा एसइइ आजदेखि शुरु, ४ लाख ८५ हजार विद्यार्थी सहभागी हुँदै
कक्षा १० को अन्तिम परीक्षा एसइइ आजदेखि शुरु, ४ लाख ८५ हजार विद्यार्थी सहभागी हुँदै
पूर्वप्रधानमन्त्रीहरुसँग भारत भ्रमणबारे के भने प्रधानमन्त्री ओलीले ?
पूर्वप्रधानमन्त्रीहरुसँग भारत भ्रमणबारे के भने प्रधानमन्त्री ओलीले ?
दुर्लभ चरा राजधनेश र राज लाहाचेको संरक्षणमा नगरपालिका
दुर्लभ चरा राजधनेश र राज लाहाचेको संरक्षणमा नगरपालिका
करोडौंको सुन समातिँदा पनि किन टाट पल्टिँदैनन् तस्कर ? यस्तो छ कारण
करोडौंको सुन समातिँदा पनि किन टाट पल्टिँदैनन् तस्कर ? यस्तो छ कारण
भूमि आयोगमा चार सय बढीको निवेदन
भूमि आयोगमा चार सय बढीको निवेदन
श्रीनिवासले  ज्ञानेन्द्र शाहलाइ भनेका थिए ‘धर्म जोगाउन मुस्किल भयो सरकार !’
श्रीनिवासले ज्ञानेन्द्र शाहलाइ भनेका थिए ‘धर्म जोगाउन मुस्किल भयो सरकार !’
अरुण खोलाले डाइभर्सन बगायो, पूर्-पश्चिम राजमार्ग अवरुद्ध
अरुण खोलाले डाइभर्सन बगायो, पूर्-पश्चिम राजमार्ग अवरुद्ध
१६औं गणतन्त्र दिवस आज बिभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै
१६औं गणतन्त्र दिवस आज बिभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै