चेन्नई आईपीएलको फाइनलमा, दिल्ली पराजित
सारांश
- काठमाडौं ।
- आईपीएल १२ को उपाभि भिडन्त चेन्नई सुपर किंग्स र मुम्बई इण्डियन्सबीच हुने पक्का भएको छ ।
- चेन्नई सुपर किंग्सले शुक्रबार दिल्ली क्यापिटल्सलाई क्वालिफायर २ मा पराजित गर्दै मुम्बईसँगको उपाधि भिडन्त पक्का गरेको हो ।
काठमाडौं । आईपीएल १२ को उपाभि भिडन्त चेन्नई सुपर किंग्स र मुम्बई इण्डियन्सबीच हुने पक्का भएको छ । चेन्नई सुपर किंग्सले शुक्रबार दिल्ली क्यापिटल्सलाई क्वालिफायर २ मा पराजित गर्दै मुम्बईसँगको उपाधि भिडन्त पक्का गरेको हो । विशाखापट्टनमा शुक्रबार भएको खेलमा चेन्नईले दिल्लीलाई ६ विकेटले पराजित गरेको हो ।
१४८ रनको लक्ष्य पाएको चेन्नईले ४ विकेट गुमाएर १९ ओभरमा लक्ष्य पूरा गरेको थियो । चेन्नईको जितमा ओपनर शेन वाट्शन र फाप डू प्लेसीले आर्धशतक बनाए । फापले ३९ बलमा ५० रन बनाए भने वाट्शनले ३२ बलमा ५० रन बनाए ।
दिल्लीका लागि ट्रेन्ट बोल्ट, इशान्त शर्मा, अमित मिश्रा र अक्षर पटेलले एक एक विकेट लिए ।
यसअघि दिल्लीले ९ विकेटमा १४७ रन बनाएको थियो । दिल्लीका लागि ऋषभ पन्तले सर्वाधिक ३६ रन बनाएका थिए ।
आईपीएलको ३–३ उपाधि जितेका चेन्नई र मुम्बईबीच १२ मेमा हैदरावादको राजीव गान्धी अन्तर्राष्ट्रिय मैदानमा फाइलन हुनेछ । जारी आईपीएलमा मुम्बईले तीन पटक चेन्नईलाई पराजित गरेको छ ।
दिल्लीले आईपीएल इतिहासमा क्वालिफायर २ बाट यात्रा टुंग्याएको छ । दिल्लीमा एकमात्र नेपाली खेलाडी सन्दीप लामिछाने पनि आवद्ध छन् । उनले दिल्लीका लागि ६ खेल खेलेर ८ विकेट लिँदै आईपीएलको दोस्रो वर्ष उनले औशत रुपमा टुंग्याएका छन् । उनले दिल्लीका लागि पछिल्ला ४ खेल खेल्न पाएनन् ।
प्रतिक्रिया