फेसबुकले जुरायो बागलुङे युवक र पाकिस्तानी युवतीको विवाह

Shikharkhabar Shikharkhabar
|
मंगलबार, फाल्गुन १४, २०७५
|
|
१८ पटक हेरिएको
Shares
फेसबुकले जुरायो बागलुङे युवक र पाकिस्तानी युवतीको विवाह

सारांश

  • काठमाडौं ।
  • फेसबुकले कहाँको मान्छे कहाँ ल्याएर भेट गराइदिन्छ ।
  • सुन्दा पनि अचम्मै लाग्ने बागलुङका एक युवाले सामाजिक सञ्जाल फेसबुककै माध्यमबाट एक पाकिस्तानी युवतीसँग विवाह गरेका छन् ।

काठमाडौं । फेसबुकले कहाँको मान्छे कहाँ ल्याएर भेट गराइदिन्छ । सुन्दा पनि अचम्मै लाग्ने बागलुङका एक युवाले सामाजिक सञ्जाल फेसबुककै माध्यमबाट एक पाकिस्तानी युवतीसँग विवाह गरेका छन् ।

फेसबुकमार्फत चिनजान, सम्पर्क बढेपछि उनी नेपाल आएकी हुन् । पाकिस्तानकी युवती आम्ना सफकले बागलुङमै पुगेर कोर्ट म्यारिज गरेकी छिन् ।

बागलुङ नगरपालिका वडा नम्बर १२, अमलाचौरका २३ वर्षीय सुदिन आचार्यले पाकिस्तानकी २२ वर्षीया आम्ना सफिकसँग आइतबार बागलुङ जिल्ला अदालतमा विवाह गरेका हुन् । पाकिस्तानको रावलपिण्डीमा ‘आइटी इञ्जिनीयरिङ’ अध्ययनरत सफिक बागलुङ आएपछि नेपाली भाषासमेत सिकेर कोर्ट म्यारिज गरेकी छिन् ।

दुई वर्ष अघि देखि फेसबुकमा चिनजान भएपछि सफिकले नेपाली भाषा सिक्न थालेकी थिइन ।
उनले पाकिस्तानी नागरिकता, शैक्षिक योग्यताको प्रमाणपत्र र केही समयदेखि बागलुङको अमलाचौरमै अस्थायी बसोवास गरेको सिफारिस लिएर अदालत पुगेकी थिइन ।

मुलुकी देवानी संहिता २०७४ अनुसार विवाह गर्न मञ्जुर भए न्यायाधीशले विवाह गराइदिनसक्ने व्यवस्था छ । फरक धर्म र संस्कृतिलाई पनि सुदिन र उनका बाआमा समाजले स्वीकारेको नौलो विवाह मानिएको छ । उनी मुस्लिम समुदायकी हुन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?