डाँडापारीको जनमोहन माविमा नयाँ भवन

Shikharkhabar Shikharkhabar
|
बुधबार, चैत्र ७, २०७४
|
|
२९ पटक हेरिएको
Shares
डाँडापारीको जनमोहन माविमा नयाँ भवन

सारांश

  • धुलिखेल, ७ चैत , काभ्रेपलाञ्चोकको विकट डाँडापारीस्थित महाभारत गाउँपालिका–६ बनखुचौरको जनमोहन माविमा नयाँ विद्यालय भवन निर्माण भएको छ ।
  • महाभारत गाउँपालिका भित्रमा भूकम्पले क्षति पु¥याएको विद्यालय भवन पुनःनिर्माण गरेको यो नै पहिलो पक्की भवन भएको विद्यालयले जनाएको छ ।
  • भूकम्पले विद्यालयको भवन पूर्णरुपमा क्षतिभएपछि समस्या झेल्दै आएका विद्यार्थीले भवन अभावमा टहरामा बसेर अध्ययन गर्दै आइरहेका थिए ।

धुलिखेल, ७ चैत , काभ्रेपलाञ्चोकको विकट डाँडापारीस्थित महाभारत गाउँपालिका–६ बनखुचौरको जनमोहन माविमा नयाँ विद्यालय भवन निर्माण भएको छ ।

महाभारत गाउँपालिका भित्रमा भूकम्पले क्षति पु¥याएको विद्यालय भवन पुनःनिर्माण गरेको यो नै पहिलो पक्की भवन भएको विद्यालयले जनाएको छ । भूकम्पले विद्यालयको भवन पूर्णरुपमा क्षतिभएपछि समस्या झेल्दै आएका विद्यार्थीले भवन अभावमा टहरामा बसेर अध्ययन गर्दै आइरहेका थिए ।

अहिले विद्यालयको नयाँ पक्की भवन निर्माण भएपछि विद्यार्थी, शिक्षक र अभिभावक खुशी भएका छन् । “जिल्लाको विकट क्षेत्रमा पनि दातृ निकाय र अभिभावकको सहयोगमा यसरी पक्की भवन निर्माण गर्न सकिने रहेछ भन्ने यो गतिलो उदाहरण हो”–शिक्षक तारा छिरिङ लामाले भन्नुभयो ।

नवनिर्मित भवन अपांग र बालमैत्री छ । विद्यालयका प्रधानाध्यापक रामवली सिं दनुवारले विद्यालय भवन बनेपछि पहिलाको भन्दा अझ राम्रो शिक्षा दिन पाउने बताउनुभयो ।

सेभ द चिल्ड्रेनको आर्थिक तथा प्राविधिक सहयोग, नाङशाल एशोसिएशन नेपालको साझेदारी एवं जिल्ला शिक्षा कार्यालय र जिल्ला कार्यान्वयन इकाइको समन्वयमा विद्यालय ब्यवस्थापन समितिको सक्रियतामा निर्मित दूई तले ८ कोठे विद्यालय भवन निर्माण कार्य सम्पन्न भएको हो ।

कुल रु एक करोड ५२ लाख ९० हजार ९४५ को लागतमा सो भवन निर्माण भएको हो । सो विद्यालयमा ४०३ विद्यार्थी अध्ययनरत छन् । नवनिर्मित विद्यालय भवनको मंगलबार काभ्रेपलाञ्चोकका प्रमुख जिल्ला अधिकारी शिवप्रसाद सिम्खडाले उद्घाटन गर्नुभयो ।

भूकम्पबाट ४९६ विद्यालयका पाँच हजार २२० कक्षाकोठा क्षति भएकामा ९५४ कक्षाकोठा पूर्ण र ९१४ कक्षाकोठा आंशिक क्षति भएको जिल्ला शिक्षा कार्यालयले जनाएको छ । तीमध्ये २०० भन्दा बढी कक्षाकोठा पुनःनिर्माण भइसकेको जिल्ला कार्यान्वयन इकाइले जनाएको छ ।

नाङशालको अगुवाइमा तीन विद्यालय निर्माण
भूकम्पले क्षति पु¥याएको विद्यालय भवनमध्ये नाङशाल एशोसिएशन नेपालको अगुवाइमा निर्माण थालनी गरिएको विद्यालय भवनमा तीन वटा नै निर्माण कार्य सम्पन्न गरी हस्तान्तरण गरिएको छ ।

नाङशालले धुलिखेल नगरपालिका–१ देवीटारमा रहेको देवीस्थान माविको दुई तले आठ कोठे, रोशी गाउँपालिका–११, भीमखोरीमा रहेको शान्तिबुद्ध प्राविको छ कोठे र डाँडापारिको महाभारत गाउँपालिका–६ वनखुचौरमा रहेको जनमोहन माविको दुई तले आठ कोठे विद्यालय भवन निर्माण गरी हस्तान्तरण गरिएको नाङशाल एशोसिएशन नेपालका अध्यक्ष दीनेश लामाले बताउनुभयो ।

सेभ द चिल्ड्रेनको आर्थिक तथा प्रविधिक सहयोग, नाङशाल एशोसिएशन नेपालको साझेदारी तथा जिल्ला शिक्षा कार्यालय र जिल्ला कार्यान्वयन इकाइको समन्वयमा ती भवन निर्माण गरिएको हो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

तपाईंले छुटाउनुभयो कि?