बालीनाली सखाप पार्ने सलह कीरा नेपाल पस्यो

Shikharkhabar Shikharkhabar
|
शनिबार, आषाढ १३, २०७७
|
|
२१ पटक हेरिएको
Shares
बालीनाली सखाप पार्ने सलह कीरा नेपाल पस्यो

सारांश

  • अन्ततः सलह कीरा नेपाल पसेको छ ।
  • शनिबार बिहान नेपालका तीन जिल्लामा पनि सलह कीरा प्रवेश गरेको हो ।
  • सर्लाही, बारा र पर्साका केही ठाउँमा शनिबार बिहान सलह कीरा देखिएको स्थानीयले बताएका हुन् ।

अन्ततः सलह कीरा नेपाल पसेको छ । शनिबार बिहान नेपालका तीन जिल्लामा पनि सलह कीरा प्रवेश गरेको हो । सर्लाही, बारा र पर्साका केही ठाउँमा शनिबार बिहान सलह कीरा देखिएको स्थानीयले बताएका हुन् । बारास्थित कृषि ज्ञान केन्द्रको टोली छानबीनका लागि सलह आएको भनिएको स्थानमा पुगेको छ । त्यहाँ सलह कीराको समूह देखिएपछि कृषि मन्त्रालयलाई जानकारी गराइएको श्रोतले बताएको छ । सलहले पार्ने समस्या र नियन्त्रणबारे छलफल गर्न शनिबार दिउँसो १ बजे मन्त्रालयले जुम मिटिङ राखेको बताइएको छ । मन्त्रालय स्रोतले भने खबर प्राप्त भएको तर पुष्टि भने नभएको जनाएको छ ।

अफ्रिकी मुलुकबाट सुरु भएको यो सलह जातको फट्याङ्रा अरबियन देश हुँदै एसियाको इरान, अफगानिस्तान, पाकिस्तान र भारतसम्म आइपुगेको थियो । करोडौंको संख्यामा हुने यस किराको झुण्ड एकै दिनमा १ सय ५० किलोमिटर भन्दा बढी टाढा सम्म पुग्न सक्छ ।

मनसुन सुरु भएको भन्दै विज्ञहरुले नेपालमा सलहको खतरा तत्काललाई टरेको दावी गरेका थिए । यद्यपी उक्त दावी गरिएको एक महिना नबित्दै सलह नेपालमा आए पछि यसबाट निम्तिन सक्ने खतराले सबैलाई चिन्तित बनाएको छ । करौडौको झण्डमा हिड्ने सलह कीराले बालीनाली सोत्तरै पार्ने हुनाले यो कीरा बालीमा पसेपछि खाद्य अभाव नै हुन सक्ने जटिलता पनि हुन्छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?