पूर्व राष्ट्रपति यादवलाई घर खाली गर्न १५ दिने अल्टिमेटम
सारांश
- काठमाडौं २० कार्तिक।
- पूर्व राष्ट्रपति रामवरण यादवलाई उनको घरका मालिकले १५ दिनभित्र घर खाली गर्न अल्टिमेटम दिएका छन्।
- घरधनी रविभक्त विष्टले राष्ट्रपति कार्यालय र पूर्व राष्ट्रपति यादवको नाममा पत्रिकामा सूचना प्रकाशित गर्दै १५ दिनमा घर खाली नगरिए कानुनी कारवाहीअघि बढाउने चेतावनी दिएका छन्।
काठमाडौं २० कार्तिक। पूर्व राष्ट्रपति रामवरण यादवलाई उनको घरका मालिकले १५ दिनभित्र घर खाली गर्न अल्टिमेटम दिएका छन्। घरधनी रविभक्त विष्टले राष्ट्रपति कार्यालय र पूर्व राष्ट्रपति यादवको नाममा पत्रिकामा सूचना प्रकाशित गर्दै १५ दिनमा घर खाली नगरिए कानुनी कारवाहीअघि बढाउने चेतावनी दिएका छन्।
नागरिक दैनिकको सोमबारको पाँचौ पृष्ठमा प्रकासित सूचनामा साउन १ गतेदेखि घरबहाल सम्झौता नवीकरण नभएको उल्लेख छ।
राष्ट्रपति कार्यालय र पूर्व राष्ट्रपति यादवलाई पटक पटक घर खाली गराउन लिखित रुपमा आग्रह गर्दा पनि घर खाली नभएको उनले बताएका छन्। उनले राष्ट्रपति यादव जबरजस्ती घरमा बस्दै आएको बताएका छन् । साउनदेखिको घरबहाल मात्रै नभएर विजुली र पानीको समेत पैसा आफूले प्राप्त नगरको उनले बताएका छन्।
राष्ट्रपति यादवको कार्यकाल समाप्त भएदेखि नै ललितपुर महानगरपालिका बागडोलस्थिल घरमा बस्दै आएका छन्। उनी शितलनिवासबाट २०७२ मंसिर १२ गतेदेखि सो घरमा सरेका थिए। सो घरबहालसहित अन्य सुविधाको व्यवस्था राष्ट्रपति कार्यालयले गर्दै आएको छ। विगतमा पनि पूर्व राष्ट्रपति यादव बस्दै आएको घरमामा बहाल समयमै नबुझाउँदा विवाद प्रशासनमा पुगेको थियो।
प्रतिक्रिया