भान्साको धाराबाट मदिरा बग्न थालेपछि‘

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, माघ २४, २०७६
|
|
२५ पटक हेरिएको
Shares
भान्साको धाराबाट मदिरा बग्न थालेपछि‘

सारांश

  • केरला, माघ २४ ।
  • दक्षिण भारतको केरला राज्यको एउटा आवासीय भवनमा बस्ने मानिस धाराहरूबाट बियर, ब्र्यान्डी र रम मिसिएको तरल पदार्थ बग्न थालेपछि अचम्भित भएका छन्।
  • सोमवार बिहान उनीहरूको भान्सामा धाराबाट अचानक मदिराको गन्ध आउने खैरो झोल बग्न थालेको थियो।

केरला, माघ २४ । दक्षिण भारतको केरला राज्यको एउटा आवासीय भवनमा बस्ने मानिस धाराहरूबाट बियर, ब्र्यान्डी र रम मिसिएको तरल पदार्थ बग्न थालेपछि अचम्भित भएका छन्।सोमवार बिहान उनीहरूको भान्सामा धाराबाट अचानक मदिराको गन्ध आउने खैरो झोल बग्न थालेको थियो।

त्यसपछि आश्चर्यचकित बनेका मानिसहरूले अधिकारीहरूसमक्ष आफ्ना गुनासो राखेका थिए। छानबिनको क्रममा उनीहरूले पानी तान्ने गरेको इनारको पानी दुर्घटनावश दूषित भएको पाइयो।

इनारनजिकै जफत गरेको ६,००० लिटर मदिरा नष्ट गरेर पोखिएको पाइयो।अदालतको आदेशपछि जफत गरिएको मदिरालाई नजिकै एउटा खाल्टोमा हालिएको थियो। तर त्योपछि नजिकैको इनारमा पुग्न गएको रहेछ।

त्यहाँ रहेका इनारबाट केरलाको त्रिस्सूर जिल्लास्थित आवासीय भवनका १८ वटा फ्ल्याटमा पानी तान्ने गरिएको रहेछ।

बीबीसीका अनुसार त्यहाँका बासिन्दाले उजुरी गरेपछि अधिकारीहरूले तुरुन्तै आफ्नो गल्ती सुधार्न काम थालिहाले। तर पानी तानेर इनार सफा गर्न महिनौँ लाग्ने देखिएको छ।एजेन्सी

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?