पूर्व राष्ट्रपति लुलालाई प्रतिवादको लागि सात दिनको समय !

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, भाद्र ८, २०७५
|
|
२२ पटक हेरिएको
Shares
पूर्व राष्ट्रपति लुलालाई प्रतिवादको लागि सात दिनको समय !

सारांश

  • ब्रासिलिया, ८ भदौ ।
  • ब्राजिलको एक निर्वाचन अदालतले बिहीबार पूर्व राष्ट्रपति लुइज इनासियो लुला दा सिल्भालाई आफूमाथि चलेको फौजदारी मुद्दाको प्रतिवाद गर्न सात दिनको समय दिएको छ ।
  • आगामी अगष्ट ३० तारिखसम्म ब्राजिलको राष्ट्रपतीय चुनावमा उम्मेदवार बन्नको लागि लुला आफैंले योग्य रहेको प्रमाण दिनुपर्नेछ ।

ब्रासिलिया, ८ भदौ । ब्राजिलको एक निर्वाचन अदालतले बिहीबार पूर्व राष्ट्रपति लुइज इनासियो लुला दा सिल्भालाई आफूमाथि चलेको फौजदारी मुद्दाको प्रतिवाद गर्न सात दिनको समय दिएको छ । आगामी अगष्ट ३० तारिखसम्म ब्राजिलको राष्ट्रपतीय चुनावमा उम्मेदवार बन्नको लागि लुला आफैंले योग्य रहेको प्रमाण दिनुपर्नेछ । विपक्षी पार्टी र अन्य उम्मेदवारले उहाँमाथि निर्वाचनमा उम्मेदवार हुन अयोग्य रहेको भन्दै प्रश्न उठाएका छन् । लुला हाल भ्रष्टाचारको आरोपमा १२ वर्षको जेल सजाय भोग्दै हुनुहुन्छ । निर्वाचन अदालतले उहाँको उम्मेदवारी रद्द गरेपनि उहाँका वकीलले सर्वोच्च सङ्घीय अदालतमा उजूरी दिन सक्नेछन् ।

यदि उहाँको उम्मेदवारी अस्वीकृत भएमा लुलाको वर्कर्स पार्टीले सेप्टेम्बर १७ सम्ममा अर्को व्यक्तिलाई उम्मेदवार बनाउनेछ, र ती व्यक्ति उहाँकै मित्र फर्नान्डो हदाद हुनु हुनेछ । संयुक्त राष्ट्रसंघ मानव अधिकार आयोगले लुलाको राजनीतिक अधिकार सुनिश्चित गर्न आग्रह गरेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?