हिमताल फुटेर बाढी आएको पुष्टि

Shikharkhabar Shikharkhabar
|
शनिबार, भाद्र १, २०८१
|
|
३३ पटक हेरिएको
Shares
हिमताल फुटेर बाढी आएको पुष्टि

सारांश

  • काठमाडौं।
  • सोलुखुम्बुको थामेखोलामा आएको बाढी हिमताल फुटेर आएको पुष्टि भएको छ।
  • खुम्बु पासाङल्हामु गाउँपालिकाले हेलिकप्टरमार्फत स्थलगत निरीक्षण गर्दा पोखरी फुटेर बाढी आएको पुष्टी भएको जनाएको छ।

काठमाडौं। सोलुखुम्बुको थामेखोलामा आएको बाढी हिमताल फुटेर आएको पुष्टि भएको छ।

खुम्बु पासाङल्हामु गाउँपालिकाले हेलिकप्टरमार्फत स्थलगत निरीक्षण गर्दा पोखरी फुटेर बाढी आएको पुष्टी भएको जनाएको छ।

गाउँपालिकाले सार्वजनिक गरेको निरीक्षण गरेको भिडिओमा थामे गाउँमाथिको खुम्बु क्षेत्रका एउटा ताल फुट्दा बाढी आएको देखिन्छ।

शुक्रबार आएको बाढीले खुम्बु पासाङल्हामु–५ थामेका २० घर तथा होटल लज, एउटा स्वास्थ्य चौकी र विद्यालय बगाएको थियो। बाढीले स्थानीय विद्युत् आयोजनाको विद्युत् गृह पूर्ण रुपले क्षतिग्रस्त बनाएको छ।

खुम्बु पासाङल्हामु–३ फाक्दिङदेखि नाम्चे जामे क्षेत्रमा करिब दुई सय मिटर पदमार्ग कटान गरेको छ। उद्धारका लागि नेपाली सेना र नेपाल प्रहरी खटिएका प्रहरी नायब उपरीक्षक द्वारिकाप्रसाद घिमिरेले जानकारी दिए।

नेपाली सेना र प्रहरीले थामेबाट ९३ जनाको उद्धार गरी आर्मीक्याम्पमा राखेको छ भने ४२ जनालाई स्थानीय सामुदायिक भवनमा राखिएको छ।

बाढीले तल्लो सोलुको तटीय क्षेत्रमा पनि असर गरेपछि माप्यदूधकोसी गाउँपालिका–६ का पाँच परिवारलाई प्रहरीले अन्यत्र स्थानान्तरण गरेको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?