पूर्व सांसद कर्णद्वारा बाढी पीडितलाई राहत बितरण

Shikharkhabar Shikharkhabar
|
बुधबार, श्रावण ८, २०७६
|
|
३७ पटक हेरिएको
Shares
पूर्व सांसद कर्णद्वारा बाढी पीडितलाई राहत बितरण

सारांश

  • सप्तरी ।
  • पूर्व सांसद एवं कांग्रेस केन्द्रीय नेता रन्जित कर्णले तराईमा आएको बाढी पीडतहरुलाई औषधि, टेन्ट र भाँडाकुँडा वितरण गरेका छन् ।
  • लायन्स कल्ब, ठमेल शाखाको सहयोगमा कर्णले बाढी प्रभावित क्षेत्रमा पुगेर राहत सामाग्री वितरण गरेका हुन् ।

सप्तरी । पूर्व सांसद एवं कांग्रेस केन्द्रीय नेता रन्जित कर्णले तराईमा आएको बाढी पीडतहरुलाई औषधि, टेन्ट र भाँडाकुँडा वितरण गरेका छन् । लायन्स कल्ब, ठमेल शाखाको सहयोगमा कर्णले बाढी प्रभावित क्षेत्रमा पुगेर राहत सामाग्री वितरण गरेका हुन् ।इन्जिनियर समेत रहेका नेता कर्णले लायन्सको अनुरोध स्वीकार्दै राहत बितरणमा सर्वदलीय प्रतिनिधिको नेतृत्व गर्दै राहत समाग्री वितरणमा जुटेका थिए । प्रभावित क्षेत्रमा पुगेर स्थलगत अबलोकन गर्दै कर्णले चुरे दोहन रोक्दै, बाढी नियन्त्रणका लागि गुणस्तरीय ड्याम बनाएर बृक्षारोपण गर्न सुझाव समेत दिएका थिए ।

त्यस्तै काठमाडौंबाट गएका सबै स्वयंसेवकको बस्ने, खाने, सुरक्षा र गाडी ब्यवस्थापनको सम्पूर्ण लाग्ने खर्च समेत नेता कर्ण जिम्मा लिएका थिए ।वितरणको अवसरमा नेता कर्णले भने– राम्रो काम गर्न खोज्ने संघसंस्था लाई तराईमा आईपरेको विपतमा सहयोग गर्न आव्हान गरे ।लायन्सलाई युवानेता क्षितिज भण्डारी, सामाजिक उधमी हरि जोशी र सच्चिन्द्रमोहन राउतबाट प्राप्त अनुमानित २० लाख रुपैयाँको सामाग्री प्रभावित परिवारलाई प्रदान गरिएको रसलाईट मिडियाकी अध्यक्ष रमिता भण्डारी ले बताईन् । अब नेमोस अध्यक्ष दिनेश शाही द्वारा उपलब्ध गराइएको सामाग्री बितरण गर्ने कार्यक्रम जिल्लाको नगरपालिका र गाउँपालिकामा केन्द्रित रहेको छ।

बिनाशकारी बाढीमा मृत्यु हुनेको परिवारजनहरुले राहत पाउन भएको ढिलासुस्तीप्रति युवानेता क्षितिज भण्डारीले सरकारको चर्को आलोचना गरे । नेता भण्डारीले पीडित प्रति दुःख व्यक्त गर्दै युवाहरूलाई फोटो खिचाउने सस्तो लोकप्रियता भन्दा माथी उठेर वास्तविक उद्धारमा लाग्न आव्हान गरे । उनले पुनःस्थापन र क्षतिपूर्तिलाई यथासम्भव वास्तविक पीडितकहाँ चाडै पुराउन सरोकारवालालाई आग्रह गरेको छन् ।

स्थानीय एनजिओ प्रमुख पार्थ्व सरकारको सूचना को आधारमा नेकपा, कांग्रेस, राजपा, समाजवादी दल र सिडिओ कार्यालयको प्रतिनिधिको रोहवरमा निष्पक्ष राहत अभियान अन्तरगत भोलि र पर्सी पनि कम्बल र थप औषधि बितरण गरिने लायन्स कल्ब अध्यक्ष दावाले बताए ।दावाले संभावित महामारी विरुद्धको योजना बनाउन सरकारसँग आग्रह गरे । लायन्स कल्ब, ठमेल शाखा, नेमोस र रसलाईट मिडियाले सहयोगी हातप्रति हार्दिक धन्यवाद दिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?