यस्तो छ , बिमस्टेक सम्मेलनको १८ बुँदे घोषणापत्रको मुख्य बुँदाहरु
सारांश
- काठमाडौँ ।
- बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहायोगका लागि बङ्गालको खाडीको प्रयास (बिमस्टेक) को सम्मेलन काठमाडौं घोषणा पत्र जारी गर्दै सम्पन्न भएको छ ।
- काठमाडौंमा बिहिबार र शुक्रबार भएको दुई दिने सम्मेलन १८ बुँदे घोषणा पत्र जारी गर्दै समापन भएको हो ।
काठमाडौँ । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहायोगका लागि बङ्गालको खाडीको प्रयास (बिमस्टेक) को सम्मेलन काठमाडौं घोषणा पत्र जारी गर्दै सम्पन्न भएको छ । काठमाडौंमा बिहिबार र शुक्रबार भएको दुई दिने सम्मेलन १८ बुँदे घोषणा पत्र जारी गर्दै समापन भएको हो ।
सम्मेलनमा सहभागी सातै देशका राष्ट्र र सरकार प्रमुखले कनेक्टीभिटीलाई जोड दिएका छन् । बिमस्टेक राष्ट्रहरुबीच राजमार्ग, रेल मार्ग, हवाई तथा जल मार्ग तथा विद्युत प्रसारण लाइनमार्फत जोड्ने विषयमा सहमति भएको छ । बिमस्टेकलाई प्रभावकारी बनाउन स्थायी कार्यकारी समिति बनाउने समझदारी समेत भएको छ । दुई दिनसम्म राजधानीमा चलेको बिमस्टेक सम्मेलनमा सदस्य राष्ट्रहरूले स्थायी कार्यकारी समिति बनाउने निर्णय गरेका हुन् ।

त्यसैगरी सदस्य राष्ट्रहरुबीच सन् २०३० सम्म यस क्षेत्रबाट गरिवीको अन्त्य गर्ने कुरामा पनि सहमत भएका छन्। जुन राष्ट्र संघको दीर्घकालिन विकास लक्ष्य अनुरुप रहेका छन्।

त्यसैगरी बिमस्टेकका सदस्य राष्ट्रहरुबीच आतंकवाद र यससंग सम्बन्धित सबै प्रकारका कार्यहरुसंग लड्नका लागि सामुहिक पहल गर्ने कुरामा सहमति भएको छ। यसमा आतंकवादमा लगानी पनि रहेका छन् ।

यस्तै घोषणा पत्रमा कृषि प्रविधिलाई साटासाट गर्ने, जलवायु परिवर्तनले पार्ने असरलाई न्यूनीकरण गर्दै लगिने, व्यापार र लगानी बढाउने, बिमस्टेक भिषाको लागि सहजीकरण गर्ने लगायतका विषय समेटिएको छ । काठमाडौमा सम्पन्न चौंथौ घोषणा पत्रका मुख्य बुँदाहरु यस्तो छ ।
घोषणा पत्रका मुख्य बुँदाहरु
-बिमस्टेको सचिवयल चुस्त बनाउन स्थायी कार्य समिति निर्माण गर्ने ।
-स्थायी कार्यसमितिले बिमस्टेक चार्टरको मस्यौदा बनाउने । मस्यौदा पाँचौ शिखर सम्मेलनमा पेश गर्ने ।
-बिमस्टेक विकास कोषको स्थापना गर्ने । कोषमा सदस्य राष्ट्रहरुबा रकम जुटाईने ।
-बिमस्टेक सचिवालयको क्षमता अभिवृद्धि गर्ने । एक सदस्य राष्ट्र एक निर्देशक गरि सात जना निर्देशक नियुक्त गर्ने ।
-बिमस्टेकका सदस्य राष्ट्रहरुमा सन २०३० भित्र गरिबीको अन्त्य गरिसक्ने ।
-अन्तरदेशीय राजमार्ग, रेलमार्ग, जलमार्ग, हवाईमार्ग विस्तार तथा अधुनिकीकरण गर्ने ।
-यातायात गुरुयोजना बनाई सदस्य राष्ट्रहरुमा कार्यान्वय गरिने ।
-यस क्षेत्रका जनतालाई इन्टरनेट र मोबाइलको थप पहुँच र सस्तो बनाउन एक कार्यसमूह बनाउने ।
-बिमस्टेक राष्ट्रहरुभित्र स्वतन्त्र व्यापारको लागि भइरहेको वार्तालाई निरन्तरता दिने
-बिमस्टेक व्यावसायीक मञ्च र बिमस्टेक आर्थिक मञ्चको गतिविधिलाई पुन सुचारु गर्ने ।
-अपराधिक गतिविधिहरुको सन्दर्भमा सदस्य राष्ट्रहरुबीच कानुनि सहायता सम्बन्धी सम्झौताको लागि आव्हान ।
-आतंकवाद र संगठित अपराध विरुद्ध सहकार्यलाई अभिवृद्धि गर्ने ।
-जलवायु परिवर्तन सम्बन्धी पेरिस सम्झौता कार्यान्वयनमा लैजाने ।
-बिमस्टेकभित्र उर्जा सम्बन्धी विस्तृत योजना बनाउने ।
-साना तथा मध्यम खालका प्रविधिसंग सम्बन्धीत उद्योगहरुका स्थापनाका लागि एक आपसमा सहयोग गर्ने ।
-कृषि क्षेत्रको विकास र कृषिमा परम्परागत ज्ञानको प्रयोगको क्षेत्रमा थप सहयोग आदान प्रदान गर्ने ।
जनता जनताबिचको सम्बन्धलाई थप उचाइमा र्पुयाउन संयन्त्रहरु निर्माण गर्न सहमत ।
-बुद्ध सर्किट बनाउन सहमत ।
-सन् २०२० मा नेपालमा गर्ने भनिएको बिमस्टेक पर्यटन सम्मेलनलाई स्वागत ।
-पर्वतीय अर्थतन्त्रको विकासको लागि नेपालले राखेको प्रस्ताबको स्वागत ।
-भूपरिवेष्ठीत मुलुकहरुको हितका लागि प्रस्ताब गरिएको ‘ब्लू इकोनमि’ मा सहमति जनाउदै यसको कार्ययोजना बनाउन अन्तरदेशीय विज्ञ समूह गठन गर्न सहमत ।
प्रतिक्रिया