कास्कीमा ५६ हजारको स्वास्थ्य बीमा

Shikharkhabar Shikharkhabar
|
मंगलबार, मंसिर ५, २०७४
|
|
५३ पटक हेरिएको
Shares
कास्कीमा ५६ हजारको स्वास्थ्य बीमा

सारांश

  • कास्कीमा झण्डै एघार महिनाको अवधिमा ५६ हजार ४५० जनाले स्वास्थ्य बीमा दर्ता गराएका छन् ।
  • गत पुस १२ गतेदेखि नेपाल सरकार सामाजिक स्वास्थ्य सुरक्षा विकास समिति कास्कीले बीमा दर्ता प्रक्रिया शुरु गरेकोमा आजसम्म १२ हजार ३०० परिवार बीमामा आवद्ध भएका छन् ।
  • बीमा दर्ता गरेबापत रु तीन करोड ७० लाख संकलन भएको कार्यालयका प्रबन्धक कृष्णप्रसाद भट्टराईले जानकारी दिनुभयो ।

कास्कीमा झण्डै एघार महिनाको अवधिमा ५६ हजार ४५० जनाले स्वास्थ्य बीमा दर्ता गराएका छन् ।

गत पुस १२ गतेदेखि नेपाल सरकार सामाजिक स्वास्थ्य सुरक्षा विकास समिति कास्कीले बीमा दर्ता प्रक्रिया शुरु गरेकोमा आजसम्म १२ हजार ३०० परिवार बीमामा आवद्ध भएका छन् । बीमा दर्ता गरेबापत रु तीन करोड ७० लाख संकलन भएको कार्यालयका प्रबन्धक कृष्णप्रसाद भट्टराईले जानकारी दिनुभयो ।

बीमा दर्ता गराएका २५ हजार २०० जनाले सेवा लिएका र सेवा दिएका अस्पताललाई समितिले रु दुई करोड ५० लाख भुक्तानी गरिसकेको छ । विसंm २०७२ चैत २५ गतेदेखि कैलालीबाट बीमा कार्यक्रम शुरु भएको हो । बीमा दर्ता गरेका सदस्यले कास्कीका दश सेवाप्रदायक स्वास्थ्य संस्थाबाट ५३० प्रकारका सूचीकृत औषधि र २७ प्रकारको विविध उपचार सेवा पाइरहेको भट्टराईले बताउनुभयो ।

कास्कीका सेवा प्रदायक स्वास्थ्य संस्थामा पश्चिमाञ्चल क्षेत्रीय अस्पताल, मणिपाल अस्पताल, गण्डकी मेडिकल कलेज, हिमालय आँखा अस्पताल, शिशुवा अस्पताल, मातृशिशु मितेरी अस्पताल, अर्मला, भेडावारी, कृस्ती र थुम्सीकोट प्राथमिक स्वास्थ्य केन्द्र रहेका छन् ।

जिल्लामा हाल १०७ जना बीमा दर्ता सहयोगी एउटा महानगरपालिका र चार गाउँपालिकामा खटिएका छन् । पाँच जनासम्मको प्रति परिवारले वार्षिक रु दुई हजार ५०० योगदान रकम बुझाउनुपर्नेछ । परिवारमा पाँच जनाभन्दा बढी सदस्य भए प्रति सदस्य रु ४२५ का दरले थप रकम बुझाउनुपर्ने छ ।

सुविधाको थैलीको सीमा पाँचजना परिवारको हकमा वार्षिक रु ५० हजार तथा पाँच जनाभन्दा बढी सदस्य भएमा प्रति थप सदस्यबापत रु १० हजारको सीमा बढ्दै जाने र अधिकतम सीमा रु एक लाखसम्म कायम गरिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

हातमा कूँचो लिएर राजमार्ग सफाइ गर्ने बस्नेत भन्छन,’राजनीतिमा विश्राम भन्ने कुनै शब्दावली नै हुँदैन
हातमा कूँचो लिएर राजमार्ग सफाइ गर्ने बस्नेत भन्छन,’राजनीतिमा विश्राम भन्ने कुनै शब्दावली नै हुँदैन
मोदीलाई नेपाल भ्रमणको निम्तो दिदै ओलीले भने( थाती रहेको मुद्दा सुल्झाउने समय आयो)
मोदीलाई नेपाल भ्रमणको निम्तो दिदै ओलीले भने( थाती रहेको मुद्दा सुल्झाउने समय आयो)
साताको ६ दिन कुवेत–काठमाडौं सिधा उडान शुरु !
साताको ६ दिन कुवेत–काठमाडौं सिधा उडान शुरु !
लमजुङलाई केन्द्रबिन्दु भएर ४।५ रेक्टर स्केलको भूकम्प
लमजुङलाई केन्द्रबिन्दु भएर ४।५ रेक्टर स्केलको भूकम्प
ललिता निवास प्रकरण : थप पाँच पक्राउ
ललिता निवास प्रकरण : थप पाँच पक्राउ
स्वाथ्य मन्त्रालयबाट ६० लाख जिल्ला अस्पताललाई
स्वाथ्य मन्त्रालयबाट ६० लाख जिल्ला अस्पताललाई
यस्तो छ भर्खरै प्राप्त इटहरी उपमहानगर र बराह नगरपालिकाको मतपरिणाम, एमालेलेको अग्रता कायमै
यस्तो छ भर्खरै प्राप्त इटहरी उपमहानगर र बराह नगरपालिकाको मतपरिणाम, एमालेलेको अग्रता कायमै
स्थानीय चुनावमा भोट हाल्ने तरिका
स्थानीय चुनावमा भोट हाल्ने तरिका
हुलाक भन्ज्याङमा ३५ वर्षपछि रोटेपिङ
हुलाक भन्ज्याङमा ३५ वर्षपछि रोटेपिङ
भोजपुरको प्रदेश ‘ख’ मा एमालेका राई विजयी
भोजपुरको प्रदेश ‘ख’ मा एमालेका राई विजयी