गणतन्त्र दिवसका दिन पनि अश्लील साइट हेर्छन !

Shikharkhabar Shikharkhabar
|
आइतबार, कार्तिक २५, २०७५
|
|
५१ पटक हेरिएको
Shares
गणतन्त्र दिवसका दिन पनि अश्लील साइट हेर्छन !

सारांश

  • काठमाडौं,२५ कात्तिक ।
  • दक्षिण एसियामै हिन्दूको मुद्दामा अत्यन्त संवेदनशील र आक्रामक देखिने भारतीयहरु कतिखेर साधु सन्त बन्छन् अर्थात् अश्लील फिल्म र साइट हेर्दैनन् अनि शालीन र भक्त बनेर प्रकट हुन्छन् ?
  • यसको सजिलो उत्तर छः धार्मिक बिदा हुनुपर्छ, भगवानको भक्ति आराधनामा व्यस्त हुनुपर्छ, धार्मिक मान्यताका नयाँ किताब आउनुपर्छ ।

काठमाडौं,२५ कात्तिक । दक्षिण एसियामै हिन्दूको मुद्दामा अत्यन्त संवेदनशील र आक्रामक देखिने भारतीयहरु कतिखेर साधु सन्त बन्छन् अर्थात् अश्लील फिल्म र साइट हेर्दैनन् अनि शालीन र भक्त बनेर प्रकट हुन्छन् ? यसको सजिलो उत्तर छः धार्मिक बिदा हुनुपर्छ, भगवानको भक्ति आराधनामा व्यस्त हुनुपर्छ, धार्मिक मान्यताका नयाँ किताब आउनुपर्छ । त्यतिखेर भारतीय अश्लील भिडियो र साइट हेर्न रुचाउँदैनन् । जस्तो कि, एउटा यस्तै पर्व हुने गर्छ दिवाली ।

चर्चित पुस्तक ‘इण्डिया कनेक्टेड’का लेखक रवि अग्रवाल भन्छन्, ‘प्रशस्त भारतीय अश्लील फिल्म दुनियाँमा डुबिरहेका छन् । उनीहरुलाई चाडपर्वको रमझम भन्दा अश्लील फिल्मी दुनियाँमै रस बस्दैछ ।’ एउटा अध्याय, ‘सर्चिङ फर सनीः द राइज अफ पोर्नोग्राफी’ मा लेखकले भनेका छन्, ‘सन २०१६ को अध्ययनमा त चाडपर्वमा पनि अश्लील फिल्म हेर्न छाड्दैनन् भारतीयहरु ।’ हिन्दूहरुको महान पर्व दिवालीमा पनि १७ प्रतिशत भारतीय अश्लील साइट हेरिरहेका हुन्छन् । जब कि रमदानमा पनि १५ प्रतिशतको काम यस्तै हुन्छ । अझ शनिबार त भारतीयको काम नै अश्लील फिल्म र पोर्न साइट हेर्ने भइरहेको छ । यसको तुलनामा आइतबार भने केही कमी देखिन्छ ।

अरु के कुरा गर्नु, स्वतन्त्रता दिवस र गणतन्त्र दिवसका दिन पनि अश्लील साइट हेर्नेको संख्या भारी हुन्छ भारतमा । सरकारले हालसालै ८ सय २७ पोर्न साइट बन्द गरेको छ । केही इन्टरनेट प्रदायक कम्पनीहरुको त यसबाट व्यापार नै गुमेको बताइएको छ । पोर्न साइट दिने इन्टरनेट प्रदायक कम्पनीको लाइसेन्सकै बारे उच्च अदालतमा बहस शुरु भएको छ । (इण्डियाटाइम्सबाट)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

जिल्ला निर्वाचन कार्यालय खारेजीको प्रस्तावप्रति आयोगको ध्यानाकर्षण
जिल्ला निर्वाचन कार्यालय खारेजीको प्रस्तावप्रति आयोगको ध्यानाकर्षण
१९९० सरिन ग्यास हमलाका दाेषी छ जनालाई फाँसी
१९९० सरिन ग्यास हमलाका दाेषी छ जनालाई फाँसी
पेशाबाट सिंगो समुदाय नै विस्थापित
पेशाबाट सिंगो समुदाय नै विस्थापित
पर्यटन मन्त्रालयः राष्ट्रिय गौरवका आयोजनाको प्रगति सन्तोषजनक
पर्यटन मन्त्रालयः राष्ट्रिय गौरवका आयोजनाको प्रगति सन्तोषजनक
पेट्रोलियम पदार्थको खुला रूपमा बिक्री वितरण नगर्न प्रहरीको अनुरोध
पेट्रोलियम पदार्थको खुला रूपमा बिक्री वितरण नगर्न प्रहरीको अनुरोध
राजेन्द्र महताे बने संयाेजक, राजपामा लफडा
राजेन्द्र महताे बने संयाेजक, राजपामा लफडा
‘वान एक्स बेट’को प्रचार गरेर कलाकारले पाँचदेखि ४० लाखसम्म लिएकाे खुलाशा
‘वान एक्स बेट’को प्रचार गरेर कलाकारले पाँचदेखि ४० लाखसम्म लिएकाे खुलाशा
भारतीय जलसेनाका टोलीले विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गर्दै
भारतीय जलसेनाका टोलीले विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गर्दै
योग साधनाप्रति पूर्णरूपमा समर्पित हुनुस् : प्रधानसेनापति क्षत्री
योग साधनाप्रति पूर्णरूपमा समर्पित हुनुस् : प्रधानसेनापति क्षत्री
प्रधानमन्त्रीलाई बाबुरामको प्रश्न : भ्रष्टाचारको छानबिन गर्न कसले रोकेको हो त ?
प्रधानमन्त्रीलाई बाबुरामको प्रश्न : भ्रष्टाचारको छानबिन गर्न कसले रोकेको हो त ?