पेट्रोलियम पदार्थको मूल्य फेरी बढेर आयो
सारांश
- काठमाडौ ।
- इण्डियन आयल कर्पोरेशनले पेट्रोलियम पदार्थको मूल्य बढाएर पठाएको छ ।
- नेपाल आयल निगमका अनुसार आज असोज ३० मा इण्डियन आयल कर्पोरेशन लिमिटेडबाट मूल्यसूची प्राप्त हुँदा डिजेल र हवाई इन्धनको मूल्यमा अत्यधिक बढेर आएको छ ।
काठमाडौ । इण्डियन आयल कर्पोरेशनले पेट्रोलियम पदार्थको मूल्य बढाएर पठाएको छ । नेपाल आयल निगमका अनुसार आज असोज ३० मा इण्डियन आयल कर्पोरेशन लिमिटेडबाट मूल्यसूची प्राप्त हुँदा डिजेल र हवाई इन्धनको मूल्यमा अत्यधिक बढेर आएको छ ।
प्राप्त मूल्यसूची अनुसार पेट्रोलमा रु १.७४ प्रति लिटर, डिजेलमा रु १५.६० प्रति लिटर र हवाई इन्धनमा रु १०.२५ प्रति लिटरले बढेर आएको निगमले जनाएको छ। यसो हुँदा डिजेलमा रु ६.३४ प्रति लिटर घाटा (रु १८.५१ करोड घाटा) र एल.पी.ग्यासमा रु. ३२५.४४ प्रति सिलिण्डर घाटा (रु. ३७.६० करोड घाटा) भई पेट्रोल, हवाई इन्धन र मट्टितेलमा केही नाफा हुने निगमले जनाएको छ । यसबाट समग्रमा निगमलाई आगामी १५ दिनमा करीब रु। ३९ करोड नाफा हुने प्रक्षेपण निगमको छ ।
पछिल्लो पटक असोज १५ मा ईण्डियन आयल कर्पोरेशन लिमिटेडबाट प्राप्त पेट्रोलियम पदार्थको खरिद मूल्यसूची बमोजिम पेट्रोल, डिजेल लगायत अन्य पेट्रोलियम पदार्थको मूल्य केही घटेर आएकोले २० महिनाको लामो अन्तराल पछि निगम नाफामा आएको थियो ।
हालसम्ममा निगमले ईण्डियन आयल कर्पोरेशन लिमिटेड, नेपाल सरकार र राष्ट्रिय वाणिज्य बैंकलाई करिब रु। ३३ अर्ब ६० करोड रकम तिर्न बाँकी रहेको अवस्था छ । निगमले पेट्रोलियम पदार्थ खरिदका लागि नेपाल सरकारसँग रु। ७ अर्व र राष्ट्रिय वाणिज्य वैकसँग रु.३ अर्व ऋण लिई पेट्रोलियम पदार्थको आपूर्ति तथा बिक्री वितरण प्रणालीलाई केही महिनादेखि व्यवस्थित गर्दै आईरहेको जनाएको छ ।
प्रतिक्रिया