रवीन्द्र मिश्रलाई १ सय २९ मतले पराजित गर्दै काठमाडौं १ मा प्रकाशमान सिंह निर्वाचित

Shikharkhabar Shikharkhabar
|
मंगलबार, मंसिर ६, २०७९
|
|
२४ पटक हेरिएको
Shares
रवीन्द्र मिश्रलाई १ सय २९ मतले  पराजित गर्दै काठमाडौं १ मा प्रकाशमान सिंह निर्वाचित

सारांश

  • काठमाडौं।
  • काठमाडौं निर्वाचन क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका प्रकाशमान सिंह निर्वाचित भएका छन्।
  • मंगलबार बिहान सकिएको मतगणनामा निकटतम प्रतिद्वन्द्वी राष्ट्रिय प्रजातन्त्र पार्टीका रवीन्द्र मिश्रलाई १ सय २९ मतान्तरले पराजित गर्दै सिंह निर्वाचित भएका हुन्।

काठमाडौं। काठमाडौं निर्वाचन क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका प्रकाशमान सिंह निर्वाचित भएका छन्। मंगलबार बिहान सकिएको मतगणनामा निकटतम प्रतिद्वन्द्वी राष्ट्रिय प्रजातन्त्र पार्टीका रवीन्द्र मिश्रलाई १ सय २९ मतान्तरले पराजित गर्दै सिंह निर्वाचित भएका हुन्। सिंहले ७ हजार १४० मत प्राप्त गरेका छन्। मिश्रले ७ हजार ११ मत प्राप्त गरेका छन्।

निर्वाचनमा विजयी भएसँगै गर्दै सिंहले काठमाडौं १ का सबै मतदातालाई धन्यवाद दिएका छन्। २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा पनि यसै क्षेत्रमा सिंह र मिश्रबीच प्रतिस्पर्धा भएको थियो। त्यतिबेला ८१८ मतान्तरले सिंहले बाजी मारेका थिए। मिश्र त्यसबेला विवेकशील साझाबाट उम्मेदवार बनेका थिए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?