पोखराको आन्दोलनले रवि नछुट्ने निश्चित भएपछि काठमाडौं केन्द्रीत भयो रास्वपा, भोलि माइतीघर मण्डलामा जम्मा हुन उर्दी

Shikharkhabar Shikharkhabar
|
बिहिबार, कार्तिक ८, २०८१
|
|
३७ पटक हेरिएको
Shares
पोखराको आन्दोलनले रवि नछुट्ने निश्चित भएपछि काठमाडौं केन्द्रीत भयो रास्वपा, भोलि माइतीघर मण्डलामा जम्मा हुन उर्दी

सारांश

  • काठमाडौं।
  • सहकारी ठगी प्रकरणमा पक्राउ परेका रास्वपाका सभापति रवि लामिछानेलाई सडक आन्दोलनबाट छुटाउन भन्दै पोखरा पुगेका रास्वपा नेताहरु रित्तोहात फर्किएका छन् ।
  • गत शुक्रबार काठमाडौंबाट पक्राउ परेका रवि हाल कास्की प्रहरीको हिरासतमा छन् ।

काठमाडौं। सहकारी ठगी प्रकरणमा पक्राउ परेका रास्वपाका सभापति रवि लामिछानेलाई सडक आन्दोलनबाट छुटाउन भन्दै पोखरा पुगेका रास्वपा नेताहरु रित्तोहात फर्किएका छन् । गत शुक्रबार काठमाडौंबाट पक्राउ परेका रवि हाल कास्की प्रहरीको हिरासतमा छन् । पहिले ६ दिन हिरासतमा राख्न अनुमति दिएको जिल्ला अदालत कास्कीले आजमात्रै थप ७ दिन हिरासतमा राख्न अनुमति दिएको छ ।

सडकबाटै रविलाई छुटाउने भरपुर प्रयास गरेपनि पोखरेली जनताले साथ नदिएपछि रास्वपा आजबाटै काठमाडौं केन्द्रीत बनेको छ । रास्वपाले भोलि काठमाडौंको माइतीघर मण्डलामा कार्यक्रम गर्ने छ । रास्वपाले भोलिको विरोध प्रदर्शनमा जम्मा हुन नेता कार्यकर्तालाई आह्वानसमेत गरेको छ ।

सहकारी ठगीको आरोपमा पूर्वगृहमन्त्री एवं रास्वपाका सभापति रवि लामिछानेलाई प्रहरीले गत शुक्रबार काठमाडौँबाट पक्राउ गरी पोखरा लगेको थियो । लामिछानेलाई झुट्टा मुद्दामा सरकारले फसाउन खोजेको आरोप लगाउँदै शनिबारदेखि लगातार रास्वपाका नेता तथा कार्यकर्ताहरु विरोधमा उभिएका छन् । बिहीबार लामिछानेलाई थप ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न कास्की जिल्ला अदालतले प्रहरीलाई अनुमति दिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कप्तान पारस खड्का ‘मदन भण्डारी क्रिकेट सम्मान’ बाट सम्मानित
कप्तान पारस खड्का ‘मदन भण्डारी क्रिकेट सम्मान’ बाट सम्मानित
काठमाडौँबासीलाई दुख दिइरहेका भारतीय चोर पक्राउ
काठमाडौँबासीलाई दुख दिइरहेका भारतीय चोर पक्राउ
महानगरीय ट्राफिक प्रहरीले उपत्यकामा सडक लाईटको व्यवस्थापन गर्ने
महानगरीय ट्राफिक प्रहरीले उपत्यकामा सडक लाईटको व्यवस्थापन गर्ने
प्रहरी अस्पतालमा ‘रक्तसञ्चार केन्द्र’ स्थापना
प्रहरी अस्पतालमा ‘रक्तसञ्चार केन्द्र’ स्थापना
‘वान एक्स बेट’को प्रचार गरेर कलाकारले पाँचदेखि ४० लाखसम्म लिएकाे खुलाशा
‘वान एक्स बेट’को प्रचार गरेर कलाकारले पाँचदेखि ४० लाखसम्म लिएकाे खुलाशा
विदेश  आर्जन गरेको सीपलाई नेपालमै लगाउने वातावरण एमालेले बनाउछ – इश्वर पोखरेल
विदेश आर्जन गरेको सीपलाई नेपालमै लगाउने वातावरण एमालेले बनाउछ – इश्वर पोखरेल
प्रसिद्ध साहित्यकार भी एस नयपालको निधन
प्रसिद्ध साहित्यकार भी एस नयपालको निधन
नेपालमा पर्यटन क्षेत्रलाई सही ढङ्गले उपयोग गर्नुपर्छ : मन्त्री भण्डारी
नेपालमा पर्यटन क्षेत्रलाई सही ढङ्गले उपयोग गर्नुपर्छ : मन्त्री भण्डारी
आजको मौसमः यी चार प्रदेशमा पानी पर्ने संभावना
आजको मौसमः यी चार प्रदेशमा पानी पर्ने संभावना
कर्णाली र सुदूरपश्चिममा हिमपातको सम्भावना
कर्णाली र सुदूरपश्चिममा हिमपातको सम्भावना