व्यवसायीहरुको सहयोगसँगै पर्यटन विकासको लागि नेपाल प्रहरी लागिपर्ने : सर्वेन्द्र खनाल
सारांश
- काठमाडौं, पुस २० ।
- महानगरिय ट्राफिक महाशाखाका प्रहरी नायव महानिरिक्षक सर्वेन्द्र खनालले सुरक्षित पर्यटनको लागि नेपाल प्रहरी हर किसिमले लागिपर्ने बताएका छन् ।
- उनले त्यसको लागि पर्यटन व्यवसायीहरुको पनि सहयोगको आवश्यकता रहने बताएका छन् ।
काठमाडौं, पुस २० । महानगरिय ट्राफिक महाशाखाका प्रहरी नायव महानिरिक्षक सर्वेन्द्र खनालले सुरक्षित पर्यटनको लागि नेपाल प्रहरी हर किसिमले लागिपर्ने बताएका छन् । उनले त्यसको लागि पर्यटन व्यवसायीहरुको पनि सहयोगको आवश्यकता रहने बताएका छन् ।
मंगलबार पर्यटक प्रहरी ईलाका भृकुटीमण्डपले राजधानीमा आयोजना गरेको कार्यक्रममा बोल्दै खनालले पर्यटन क्षेत्र आर्थिक समृद्धिको मुख्य आधार स्तम्भ भएकोले यसलाई शान्ति क्षेत्र बनाउन नेपाल प्रहरीले कुनै कसर नराख्ने बताए ।
नेपाल पर्यटन बोर्डका सीईओ दिपक राजजोशीले पर्यटन प्रर्वद्धन र पर्यटकीय गन्तव्य सुरक्षित बनाउनको लागि बोर्डले आवश्यक गृहकार्य गरिरहेको बताए । उनले पर्यटन व्यवसायीका समस्या समाधानका लागि पर्यटन बोर्ड दत्तचित्तका साथ अघि बढिरहेको बताए ।
त्यस्तै राष्ट्रिय यातायात महासंघका केन्द्रीय महासचिव सरोज सिटौलाले पर्यटन ऐन र यातायात ऐन व्यवहारिक रुपमा काम गर्नको लागि बाजिएकोले उक्त ऐनहरु समय सापेक्ष रुपमा संशोधन गरेर अगाडि बढ्नुपर्ने बताए ।
उनले पर्यटन सवारी साधानलाई धरकपड गर्ने लगायत पर्यटक सवार साधनहरुलाई अनावश्यक झमेला दिने कार्य भईरहेको भन्दै त्यस्तो कार्य तत्काल रोकिनुपर्ने बताए ।
प्रतिक्रिया