मन्त्रिमण्डल यसै साता पुनर्गठन हुने, को रहने भए र को को जाने भए ?

Shikharkhabar Shikharkhabar
|
मंगलबार, आश्विन २०, २०७७
|
|
४७ पटक हेरिएको
Shares
मन्त्रिमण्डल यसै साता पुनर्गठन हुने, को रहने भए र को को जाने भए ?

सारांश

  • प्रधानमन्त्री केपी शर्मा ओलीले यसै हप्ताभित्र मन्त्रिमण्डल पुर्नगठन गर्ने भएका छन् ।
  • मन्त्रीहरुको सूचीको टुंगो आज बस्ने सचिवालयले गर्ने तयारी भएको छ ।
  • सरकार र पार्टीबीच समन्वय गरेर अघि बढ्ने सहमति अनुसार प्रधानमन्त्री ओलीले मन्त्रिमण्डल पुर्नगठनबारे छलफलको तयारी गरेको बुझिएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले यसै हप्ताभित्र मन्त्रिमण्डल पुर्नगठन गर्ने भएका छन् । मन्त्रीहरुको सूचीको टुंगो आज बस्ने सचिवालयले गर्ने तयारी भएको छ ।

सरकार र पार्टीबीच समन्वय गरेर अघि बढ्ने सहमति अनुसार प्रधानमन्त्री ओलीले मन्त्रिमण्डल पुर्नगठनबारे छलफलको तयारी गरेको बुझिएको छ । आजको सचिवालयमा मन्त्रिमण्डल पुर्नगठनको मापदण्ड र नामबारे समेत छलफल हुने बुझिएको छ ।

सरकारमा जाने नामबारे लगभग टुंगो लागिसकेको बुझिएको छ । यसपटक विष्णु पौडेल, टोपबहादुर रायमाझी, जर्नादन शर्मा, सुरेन्द्र पाण्डे, पम्फा भुषाल, हरिबोल गजुरेल, किसान श्रेष्ठ, महेश बस्नेत मन्त्री बन्ने सुचीमा रहेको विश्वस्त स्रोतले बताएको छ ।

बामदेव गौतम मन्त्री नबन्ने निश्चित भएको छ । उनकाविरुद्ध अदालतमा मुद्दा दायर छ ।

प्रधानमन्त्री ओलीले उपप्रधानमन्त्री इश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा बादल, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, आपूर्तिमन्त्री लेखराज भट्ट, पर्यटनमन्त्री योगेश भट्टराईलाई निरन्तरता दिने भएका छन् । अन्य मन्त्रीहरु भने पुर्नगठनमा हट्ने सम्भावना रहेको छ ।

सम्भवतः नेकपा सचिवालयले आज मन्त्रिमण्डल पुर्नगठनको टुंगो लगाएर भोलिभित्र नयाँ मन्त्रीको नाम घोषणा हुनेछ ।

(veroinn.com)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?