बारा र पर्साका हावाहुरी पीडितको सारथी बन्दै युवा संघ

Shikharkhabar Shikharkhabar
|
शनिबार, चैत्र २३, २०७५
|
|
४५ पटक हेरिएको
Shares
बारा र पर्साका हावाहुरी पीडितको सारथी बन्दै युवा संघ

सारांश

  • आइतवार साँझ बारा र पर्सा जिल्लामा आएको विनाशकारी हावाहुरीबाट पिडितको दुःखमा मलहम लगाउने युगीन दायीत्व पुरा गर्दै युवा संघ पीडितको सारथी बनिरहेको छ ।
  • सोमबार नै नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रभावशाली युवा संगठन युवा संघ नेपालले बारा र पर्सा जिल्लाका आँधी प्रभावित क्षेत्रमा गई आँधीले ध्वस्त बनाएका भग्नावशेष हटाउने, पिडितहरुलाई राहत, मृतकका परिवारलाई जनही पाँच हजार, खाद्यान्न लत्ताकपडा लगायतका हस्तान्तरण गरेको छ ।
  • संघका अध्यक्ष रमेश पौडेलको नेतृत्व तथा बरिष्ठ उपाध्यक्ष किरण पौडेलेको कमाण्डीङमा रहेको उक्त टोलीले प्रभावित ठाउँमा अस्थायी बसोवासका लागि आवश्यक कार्यहरु समेत गरिरहेको छ ।

आइतवार साँझ बारा र पर्सा जिल्लामा आएको विनाशकारी हावाहुरीबाट पिडितको दुःखमा मलहम लगाउने युगीन दायीत्व पुरा गर्दै युवा संघ पीडितको सारथी बनिरहेको छ ।

सोमबार नै नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रभावशाली युवा संगठन युवा संघ नेपालले बारा र पर्सा जिल्लाका आँधी प्रभावित क्षेत्रमा गई आँधीले ध्वस्त बनाएका भग्नावशेष हटाउने, पिडितहरुलाई राहत, मृतकका परिवारलाई जनही पाँच हजार, खाद्यान्न लत्ताकपडा लगायतका हस्तान्तरण गरेको छ ।

संघका अध्यक्ष रमेश पौडेलको नेतृत्व तथा बरिष्ठ उपाध्यक्ष किरण पौडेलेको कमाण्डीङमा रहेको उक्त टोलीले प्रभावित ठाउँमा अस्थायी बसोवासका लागि आवश्यक कार्यहरु समेत गरिरहेको छ । टोलीले कतै बस्तीको लागि टहरा निर्माण गरेको छ त, कतै सेनालाई साथ र सहयोग गर्दै राहत वितरण, उद्दार र पूननिर्माणलाई तदरुकताका साथ अघि बढाइरहेको छ । संघका अध्यक्ष पौडेल, बरिष्ठ उपाध्यक्ष पौडेल सहित सचिव ध्रुव यादव, अन्जना अधिकारी, क्षितिज थेबे लगायतका केन्द्रीय सदस्यहरु राकेश राई, शिवचन्द्र सिंह, अरुण यादव, श्याम गुफ्ता, हिमेश केसी, १ नं. प्रदेश कमिटी सदस्य माधवराज थापा, २ नं. प्रदेश कमिटीका नेताहरु, मोरङ जिल्ला अध्यक्ष नवीन पौडेल, काठमाडौँ जिल्ला अध्यक्ष पेम्बा घले, युवा नेता मुबिन आलम, मोहम्मद निजाम, रामदिनेश यादव लगायत पार्टी तथा युवा नेताहरु फिल्डमै खटिएर श्रमदान समेत गरिरहेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?