पोखरामा दुई कोरोना सङ्क्रमितको मृत्यु

Shikharkhabar Shikharkhabar
|
मंगलबार, भाद्र २, २०७७
|
|
३९ पटक हेरिएको
Shares

सारांश

  • कास्की, २ भदौ : पोखरामा उपचारका क्रममा दुई कोरोना सङ्क्रमितको मृत्यु भएको छ ।
  • मृत्यु हुनेमा कास्की र तनहुँका एकएक जना छन् ।
  • पोखरा महानगरपालिका–१६ का ८७ वर्षीय पुरुषको उपचारका क्रममा आज बिहान १०ः४० बजे पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा निधन भएको प्रतिष्ठानका निर्देशक सहप्राध्यापक डा अर्जुन आचार्यले जानकारी दिए ।

कास्की, २ भदौ : पोखरामा उपचारका क्रममा दुई कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा कास्की र तनहुँका एकएक जना छन् । पोखरा महानगरपालिका–१६ का ८७ वर्षीय पुरुषको उपचारका क्रममा आज बिहान १०ः४० बजे पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा निधन भएको प्रतिष्ठानका निर्देशक सहप्राध्यापक डा अर्जुन आचार्यले जानकारी दिए ।

उनका अनुसार गत साउन ३२ गते उच्च ज्वरो तथा श्वासप्रश्वासमा समस्या आई उनी अस्पतालको इमर्जेन्सी विभागमा उपचारका लागि आएका थिए । कोरोना पुष्टि भएपछि उनलाई सोमबार अस्पतालको कोभिड उपचार केन्द्रमा राखी उपचार भइरहेकामा मृत्यु भएको अस्पतालले जनाएको छ । ती पुुरुषमा कोरोनासहित मधुमेह, रक्तचापलगायत रोगको समस्या रहेको बताइन्छ । हालसम्म पश्चिमाञ्चल अस्पतालमा चार सङ्क्रमितको मृत्यु भएको छ ।

त्यसैगरी तनहुँको व्यास नगरपालिका–१ की ५० वर्षीया महिलाको पोखरास्थित कास्की सेवा हस्पिटलमा उपचारका क्रममा गए राति ११ः३५ बजे मृत्यु भएको प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा विनोदविन्दु शर्माले जानकारी दिए ।

हेपाटाइटिस, निमोनिया, सुगर, प्रेसर तथा मुटुको समस्याले गत साउन ३१ गते अस्पताल भर्ना भएकी उनको सोमबार बिहान पिसिआर परीक्षणका लागि नमूना सङ्कलन गरिएकामा राति ९ बजे नतिजा पोजिटिभ आएको थियो । त्यसअघि दमौलीमा सामान्य उपचारपछि उनलाई पोखरा रेफर गरिएकामा आइसियुमा राखेर उपचार भइरहेको थियो । यससँगै गण्डकी प्रदेशमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या सात पुगेको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।-रासस

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कोशीका मुख्यमन्त्री कार्कीले आज विश्वासको मत लिने
कोशीका मुख्यमन्त्री कार्कीले आज विश्वासको मत लिने
गुणस्तरीय न्याय सम्पादन मुख्य जिम्मेवारी : प्रधानन्यायाधीश कार्की
गुणस्तरीय न्याय सम्पादन मुख्य जिम्मेवारी : प्रधानन्यायाधीश कार्की
यस्तो छ, घोराही उपमहानगरपालिकाको नीति र कार्यक्रम
यस्तो छ, घोराही उपमहानगरपालिकाको नीति र कार्यक्रम
महरा प्रकरणमा प्रहरीले थाल्यो अनुसन्धान, घटनास्थलबाट रक्सीको बोतल, कपडा लगायतका सामग्री बरामद
भारतीय सुरक्षा बलद्वारा ट्याङकर मजदुर कुटिए पछि पेट्रोलियम पदार्थको आपुर्ति ठप्प
भारतीय सुरक्षा बलद्वारा ट्याङकर मजदुर कुटिए पछि पेट्रोलियम पदार्थको आपुर्ति ठप्प
त्रिवि र लोकसेवाको परीक्षा स्थगित
त्रिवि र लोकसेवाको परीक्षा स्थगित
राेचक समाचार : बिजुलीको तारले खोसिएको खुसी
राेचक समाचार : बिजुलीको तारले खोसिएको खुसी
३ कोइराला एउटै मालामा देखिदा टेन्सनमा देउबा
३ कोइराला एउटै मालामा देखिदा टेन्सनमा देउबा
रहस्यमय ढंगले विमानस्थलमा प्रवेश गर्छ यो हवाई जहाज, विश्वास गर्नै गाह्रो (भिडियो सहित )
रहस्यमय ढंगले विमानस्थलमा प्रवेश गर्छ यो हवाई जहाज, विश्वास गर्नै गाह्रो (भिडियो सहित )
नारायणीमा डुबेर दुईजना बेपत्ता