पोखरामा पनि सिरुवा पर्व मनाइयो

Shikharkhabar Shikharkhabar
|
सोमबार, बैशाख २, २०७६
|
|
३१ पटक हेरिएको
Shares
पोखरामा पनि सिरुवा पर्व मनाइयो

सारांश

  • पोखरा, २ वैशाख ।
  • नववर्षको आगमणसँगै पूर्वी तराईका जिल्लामा मनाइने गरिएका सिरुवा पर्व पोखरामा बस्दै आएका मिथिलावासीले पनि आज धार्मिक विधिपूर्वक हर्षोल्लासका साथ मनाएका छन् ।
  • यस पर्वलाई ‘जुडशीतल’ पर्वपनि भन्ने गरिन्छ ।

पोखरा, २ वैशाख । नववर्षको आगमणसँगै पूर्वी तराईका जिल्लामा मनाइने गरिएका सिरुवा पर्व पोखरामा बस्दै आएका मिथिलावासीले पनि आज धार्मिक विधिपूर्वक हर्षोल्लासका साथ मनाएका छन् ।

यस पर्वलाई ‘जुडशीतल’ पर्वपनि भन्ने गरिन्छ । यस पर्वमा परिवारका ठूलावडाले अञ्जुलीमा जल लिएर कान्छोको टाउको राखेर आर्शीवाद दिने गर्छन् । वर्षभरि ‘तिम्रो दिमाग ठण्डा रहोस्, सोच विचार गरी काम गर्नु र कसैसँग रिस नराखी मेलमिलापका साथ बस्नु’ भनेर आर्शीवचन दिने गरिएकाले यस पर्वलाई जुडशीतल पर्व भन्ने गरिएको हो ।

खासगरी, तराईका ग्रामीण क्षेत्रमा अग्रजहरुले जलले भरिएका लोटा बोकेर टोल–टोलमा घुमेर आर्शीवाद दिने गर्नुहुन्छ । पोखरामा मैथिल समुदायको जनसङ्ख्या न्यून भए पनि उत्साहका साथ आफ्ना धार्मिक एवं सांस्कृतिक पर्व मनाउँदै आइरहेको सप्तरीका ललनकुमार झाले बताउनुभयो ।

कृषिका साथै सरसफाइसँग पनि जोडिएको पर्वको रुपमा सिरुवा पर्वलाई लिने गरिन्छ । नयाँ वर्षको आगमनसँगै नयाँ बालीको रुपमा गहूँ, दलहन र तेलहन भित्रिने गरिएको खुशीमा पनि यो पर्व मनाइने गरिएको हो ।

वैशाख महीनामा हावाहुरी चल्ने, वर्षा कम हुने गरेकाले प्रत्येक व्यक्तिले बिहानै सडकमा पानी छर्कने र आ–आफ्ना रुख बिरुवाको जरामा अनिवार्य रुपमा पानी हाल्नुपर्ने हुन्छ । सूर्यको तापबाट तुलसीबोटलाई जोगाउनका एक महीनासम्म निरन्तर पानीको व्यवस्था गर्छन् । बोटको दुई भागमा खम्बा गाडेर त्यसमा डोरीको सहयोगमा नयाँ माटोको गाग्रो बोटमाथि झुण््याइन्छ । सो गाग्रोको मुनिको भागमा सानो प्वाल पारेर कुशको टुक्रा पसाइन्छ । गाग्रोमा पानी भरिएपछि सो कुशको माध्यमबाट थोपा–थोपा पानी बोटमाथि चुहिँने गरिन्छ । वैशाख महीनामा पानीको अभावमा बोट सुक्ने भएकाले यस प्रक्रियालाई पर्वको विधिसँग जोडिएको देखिन्छ ।

यसका साथै, इनार, नालाको सरसफाइ गर्दै एक अर्कासँग हिलो छ्याप्दै पर्व मनाउनु यसको अर्को मुख्य विशेषता हो । यो पर्व मनाउनमा खासगरी महिला तुलनात्मक रुपमा बढी खुशी हुने गरिएको देखिन्छ । यस पर्वमा कुनै विशेष पकवान पकाउनुपर्दैन र बेलुकीको खानामा पनि पकाउनु नपर्ने भएकाले राहतको अनुभूति गर्न पाउँदा उनीहरु बढी खुशी हुने गर्छन् ।

घरको देउतालाई नयाँ माटोको भाँडोमा पकाइएका वासीभात, आँपको चिचिलाको चटनीलगायतका परिकार चढाइन्छ । त्यसपछि विधिवत् रुपमा पर्वको शुभारम्भ हुन्छ । यस पर्वमा भात, दाल, तरकारी र दहीका साथै आँपको चिचिलाको चटनी अनिवार्य रुपमा खानुपर्ने हुन्छ ।

यस पर्वको अवसरमा चुलोे पूजा गरिन्छ । पूजा गरिएपछि अर्को दिनमात्र खाना पकाउने परम्परा छ । दिनमै पकाइएका खाना बेलुकी खाने नियम रहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रदेश नं ५ लाई अब्बल प्रदेशको रुपमा विकास गरिने मन्त्री चौधरी
प्रदेश नं ५ लाई अब्बल प्रदेशको रुपमा विकास गरिने मन्त्री चौधरी
नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट
नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट
प्याजको कालोबजारी गर्ने तीन व्यापारी पक्राउ, पसल सील
प्याजको कालोबजारी गर्ने तीन व्यापारी पक्राउ, पसल सील
डिजिटल प्रविधिले बदल्दै स्वास्थ्य सेवा: नागरिक एपमा थपियो जीवनरक्षक ‘रक्त सूचना’ पोर्टल
डिजिटल प्रविधिले बदल्दै स्वास्थ्य सेवा: नागरिक एपमा थपियो जीवनरक्षक ‘रक्त सूचना’ पोर्टल
गंगामायालाई सरकारले दियो १ करोड
गंगामायालाई सरकारले दियो १ करोड
झुक्दिनँ भन्दा भन्दै झुकाए मोदीले !
प्रधानमन्त्रीले यसरी हप्काए, जनताले कहिले इन्जिनियर आउँछन् भनेर पर्खेर बस्छन् ?
प्रधानमन्त्रीले यसरी हप्काए, जनताले कहिले इन्जिनियर आउँछन् भनेर पर्खेर बस्छन् ?
कम्युनिष्ट नेता माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको यो देवघाट भ्रमण (फोटो फिचर)
कम्युनिष्ट नेता माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको यो देवघाट भ्रमण (फोटो फिचर)
९ महिनामा डाटा सेवाग्राहि २०.५१ प्रतिशतले वृद्धि
९ महिनामा डाटा सेवाग्राहि २०.५१ प्रतिशतले वृद्धि
झापा कारागारको हुलदङ्गा नियन्त्रणमा आइसक्यो : प्रजिअ पोखरेल
झापा कारागारको हुलदङ्गा नियन्त्रणमा आइसक्यो : प्रजिअ पोखरेल

तपाईंले छुटाउनुभयो कि?