प्रदेश नं ५ लाई अब्बल प्रदेशको रुपमा विकास गरिने मन्त्री चौधरी
सारांश
- नवलपरासी, ४ फागुन, प्रदेश नं ५ का नवनियुक्त भौतिक पूर्वाधार विकासमन्त्री बैजनाथ चौधरीले प्रदेश नं ५लाई देशकै उत्कृष्ट र अब्बल प्रदेशको रुपमा विकास गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
- नवलपरासी – (बर्दघाट सुस्ता पश्चिम) सुनवलस्थित शहीद विष्णु पाण्डेको शालिकमा माल्यार्पण कार्यक्रममा उहाँले सो प्रतिबद्धता व्यक्त गर्नुभएको हो ।
- यस प्रदेशलाई भौतिक पूर्वाधारको हिसाबले स्तरोन्नति गरी चौतर्फी विकास गर्दै देशकै नमूना र सवल प्रदेशको रुपमा विकास गरिने उहाँले बताउनुभयो प्रदेश नं ५ का नवनियुक्त भौतिक पूर्वाधार विकासमन्त्री चौधरी नवलपरासी – (बर्दघाट सुस्ता पश्चिम) निर्वाचन क्षेत्र नं २ अन्तर्गत प्रदेशसभा १ बाट निर्वार्चित सदस्य हुनुहुन्छ ।
नवलपरासी, ४ फागुन, प्रदेश नं ५ का नवनियुक्त भौतिक पूर्वाधार विकासमन्त्री बैजनाथ चौधरीले प्रदेश नं ५लाई देशकै उत्कृष्ट र अब्बल प्रदेशको रुपमा विकास गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
नवलपरासी – (बर्दघाट सुस्ता पश्चिम) सुनवलस्थित शहीद विष्णु पाण्डेको शालिकमा माल्यार्पण कार्यक्रममा उहाँले सो प्रतिबद्धता व्यक्त गर्नुभएको हो ।
यस प्रदेशलाई भौतिक पूर्वाधारको हिसाबले स्तरोन्नति गरी चौतर्फी विकास गर्दै देशकै नमूना र सवल प्रदेशको रुपमा विकास गरिने उहाँले बताउनुभयो
प्रदेश नं ५ का नवनियुक्त भौतिक पूर्वाधार विकासमन्त्री चौधरी नवलपरासी – (बर्दघाट सुस्ता पश्चिम) निर्वाचन क्षेत्र नं २ अन्तर्गत प्रदेशसभा १ बाट निर्वार्चित सदस्य हुनुहुन्छ ।
नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) सरावल–१ पथरहैया गाउँमा २०२२ साल असार १४ मा जन्मनुभएका चौधरी इन्जिनियरिङ पेशा बाट राजनीतिमा प्रवेश गर्नुभएको थियो। नेकपा (एमाले)को वैकल्पिक केन्द्रीय सदस्य उहाँ यसअघि जिल्ला विकास समितिको सभापति हुनुभएको थियो ।
Ram Prsad Bashyal
Badhae abam safal karyakal ko lagi subhakamana !!!