ह्वात्तै घट्यो सुनको मूल्य

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, आश्विन २४, २०८२
|
|
४५ पटक हेरिएको
Shares
ह्वात्तै घट्यो सुनको मूल्य

सारांश

  • काठमाडौं।
  • सुनको मूल्यमा सामान्य गिरावट भएको छ।
  • बिहीबारको तुलनामा एक तोला सुन चार हजार २०० ले सस्तो भएको छ।

काठमाडौं। सुनको मूल्यमा सामान्य गिरावट भएको छ। बिहीबारको तुलनामा एक तोला सुन चार हजार २०० ले सस्तो भएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार दुई लाख ३९ हजार २०० मा कारोबार भएको एक तोला सुनको मोल आज रु रु चार हजार २०० ले घटेर दुई लाख ३५ हजार कायम भएको छ।

चाँदीको मूल्य भने बढेको छ। बिहीबार एक तोला चाँदी तीन हजार २५ मा खरिदबिक्री भएकामा आज त्यति नै परिमाणको चाँदी तीन हजार ८५ मा क्रयविक्रय भइरहेको महासंघले जनाएको छ।

अन्तर्राष्ट्रिय बजारमा आज एक औँस सुन तीन हजार ५८ अमेरिकी डलरमा कारोबार भइरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?