प्रधानमन्त्रीले यसरी हप्काए, जनताले कहिले इन्जिनियर आउँछन् भनेर पर्खेर बस्छन् ?

Shikharkhabar Shikharkhabar
|
बिहिबार, भाद्र २१, २०७५
|
|
२३ पटक हेरिएको
Shares
प्रधानमन्त्रीले यसरी हप्काए, जनताले कहिले इन्जिनियर आउँछन् भनेर पर्खेर बस्छन् ?

सारांश

  • काठमाडौं, २१ भदौ ।
  • प्रधानमन्त्री केपी शर्मा ओलीले पुनर्निर्माणको कामलाई द्रुतगतिमा अघि बढाउन निर्देशन दिएका छन् ।
  • प्राधिकरणको निर्देशक समितिको १३ औं बैठकलाई आज सिंहदरबारमा सम्बोधन गर्दै समितिका अध्यक्ष समेत प्रधानमन्त्री ओलीले त्यस्तो निर्देशन दिएका हुन् ।

काठमाडौं, २१ भदौ । प्रधानमन्त्री केपी शर्मा ओलीले पुनर्निर्माणको कामलाई द्रुतगतिमा अघि बढाउन निर्देशन दिएका छन् । प्राधिकरणको निर्देशक समितिको १३ औं बैठकलाई आज सिंहदरबारमा सम्बोधन गर्दै समितिका अध्यक्ष समेत प्रधानमन्त्री ओलीले त्यस्तो निर्देशन दिएका हुन् ।

प्रधानमन्त्री ओलीले ऐन नियमले कुनै प्रकारका ढिलाइ भए त्यसलाई फुकाएर भूकम्प पीडितलाई यथाशक्य चाँडो घरबासको व्यवस्था मिलाउनु पर्ने बताए । प्राधिकरण निश्चित समयका लागि भएकोले यसले पनि समयभित्रै काम सम्पन्न गर्नुपर्ने प्रधानमन्त्री ओलीको भनाइ छ । “पुनर्निर्माण प्राधिकरण घाम जुन रहेसम्मका लागि स्थापना गरिएको होइन” प्रधानमन्त्री ओलीले भने, “त्यस कारण यसले यथाशक्य चाँडो पुनर्निर्माणको काम सम्पन्न गर्नुपर्दछ ।”

प्रधानमन्त्री ओलीले सरकारको अनुदान नपाई घर निर्माण गरेका पीडितलाई पनि अनुदान रकम उपलब्ध गराउन प्राधिकरणलाई निर्देशन दिए । “भूइँचालोले घर भत्किएको तीन बर्ष भइसक्यो । प्राधिकरणका इन्जिनियर गाउँ पुग्दैनन् अनि जनताले कहिले इन्जिनियर आउँछन् र उनले भनेअनुसारको घर बनाऊँ भनेर पर्खेर बस्छन् ?” प्रधानमन्त्री ओलीले भने “पीडितले घर बनाएको भनेर जनप्रतिनिधिले सिफारिस गरेको आधारमा अनुदान रकम उपलब्ध गराउनुहोस ।”

प्रधानमन्त्री ओलीले प्राधिकरणका पूर्व कार्यकारी अधिकृत र कर्मचारीहरुले लिएको फिल्ड भत्ताको बिषयमा पनि चासो व्यक्त गरेका छन् । “बैठक कार्यालय समयमा राख्नुहोस । कार्यालय समयमा तपाईंहरुलाई सरकारले तलब दिएको छ । त्यस समयमा गरेको कामको अतिरिक्त पैसा सरकारले दिँदैन” प्रधानमन्त्री ओलीले भने, “कर्मचारीको दुर्गम भत्ताका बिषयमा छलफल गरेर निर्णय गरौंला ।”

प्रधानमन्त्री ओलीले धरहरा निर्माणको टेण्डरका बिषयमा पनि चासो व्यक्त गरे । “धरहरा पुनर्निर्माणकामा अनुमान भन्दा कम रकममा ठेक्का सकारेको देखिन्छ”, प्रधानमन्त्री ओलीले भने, “तर यसको गुणस्तरमा कुनै कमी हुनुहुँदैन । ठेक्का नै कम रकममा लिएको भनेर गुणस्तरहीन काम गर्न पाइँदैन ।” प्रधानमन्त्री ओलीले धरहरा पुनर्निर्माणका लागि इन्जिनियर खटाउन, दैनिक नाँपँजाच गर्न, प्रयोग गरिएका निर्माण सामग्रीको गुणस्तर जाँच्न र दैनिक प्रतिवेदन तयार गर्न निर्देशन दिएका छन् । “निर्माण सम्झौतामा जे कुरा उल्लेख छ, निर्माण कार्यमा त्यही अनुसार गर्नुपर्दछ । र, समयमा सम्पन्न हुनुपर्दछ”, प्रधानमन्त्री ओलीले भने ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?