दुनाटपरीबाटै आत्मनिर्भर

Shikharkhabar Shikharkhabar
|
मंगलबार, चैत्र १२, २०७५
|
|
५० पटक हेरिएको
Shares
दुनाटपरीबाटै आत्मनिर्भर

सारांश

  • वीरेन्द्रनगर, १२ चैत  वीरेन्द्रनगर–५ श्रीनगरकी नन्दा गुरुङलाई सानोतिनो घरायसी काम चलाउन पनि श्रीमान्कै भर पर्नुपथ्र्याे ।
  • घरायसी सामान किन्न होस् या बच्चाबच्चीको पढाइको खर्च जुटाउन, उनलाई श्रीमान्को भर नपरी सुखै थिएन ।
  • चार वर्षयता भने घरभित्रको काममा मात्र सीमित नन्दाको जीवन फेरिएको छ ।

वीरेन्द्रनगर, १२ चैत  वीरेन्द्रनगर–५ श्रीनगरकी नन्दा गुरुङलाई सानोतिनो घरायसी काम चलाउन पनि श्रीमान्कै भर पर्नुपथ्र्याे । घरायसी सामान किन्न होस् या बच्चाबच्चीको पढाइको खर्च जुटाउन, उनलाई श्रीमान्को भर नपरी सुखै थिएन । चार वर्षयता भने घरभित्रको काममा मात्र सीमित नन्दाको जीवन फेरिएको छ ।

उनी अचेल साँझ र बिहान घरको काम भ्याएपछि दिनभर दुनाटपरी बनाउन व्यस्त हुन्छिन् । अहिले घरखर्चका लागि चाहिने पैसा पनि यसबाटै जुट्छ । “पहिले हातमा पैसा नहुँदा तनाव हुन्थ्यो, सानो कामका लागि अरुकै भर पर्नुपथ्र्याे,” उनले भनिन् – “आजभोलि आफैंसँग पैसा हुन्छ । दिनभर घरमा बस्नुको साटो दुनाटपरी बनाउन थालें । त्यसबाट पुग्दो आम्दानी हुन थालेको छ ।” अहिले आफू मात्र होइन अन्य व्यक्तिलाई समेत रोजगारी दिन सकेकामा उनी खुशी छिन् ।

नन्दासँगै कृष्णा रोकाय पनि उद्योगमा आउँछिन् । महीना दिनसम्म काम गरेपछि तलब बुझ्छिन् । यसभन्दा अघि उनको दिनभरको समय घरायसी कामपछि फुर्सदमै बित्थ्यो । अहिले व्यस्तता बढेर उनलार्ई भ्याइनभ्याई छ । रोकायको व्यस्ततासँगै आम्दानी पनि बढेको छ । टपरी उद्योगसँग जोडिन थालेपछि उनको दैनिकी मात्र हैन, जीवनशैली नै फेरिएको छ ।
चार वर्ष यता नन्दा र कृष्णा मात्र होइन सोही गाउँकै हरिकला रम्तेलले पनि दुनाटपरी उद्योगमै रोजगारी पाएकी छन् । उद्योगमा काम गरेबापत उनीहरुलाई मासिक सात हजार रुपैयाँसम्म दिइएको छ । “दिनभरको खेर जाने समयको सदुपयोग भएको छ, उद्योगमा रोजगारी पाएका छौं” हरिकलाले भनिन् – “त्यति मात्र होइन यहाँ आएपछि दिदीबहिनीहरुसँग भेटघाट हुन्छ र सुखदुःखका कुराहरु पनि साटासाट हुन्छ ।” उद्योगमा आएदेखि आफूलाई सन्तुष्टि मिलेको उनी बताउँछिन् ।

चार वर्ष अघि गाउँमा गठन गरिएको महिला समूहमार्फत आयमूलक कुनै न कुनै उद्यम सञ्चालन गर्नुपर्छ भन्ने लाग्यो यो समूहलाई । छलफल पछि दुनाटपरी उद्योग सञ्चालन गर्ने निधो भयो । त्यस लगत्तै उद्योग सञ्चालनका लागि यो समूह जुट्यो । रामजानकी दुनाटपरी उद्योगमार्फत यस समूहका सदस्यहरुले लगातार दुनाटपरी बनाउँदै आएका छन् ।

शुरुमा पाँच÷सात जना मात्रै रहेको यो समूहमा उद्योग सञ्चालन यता १३ जना पुगेका छन् । विसं २०७१ यता श्रीनगरका यी महिलाले उद्योगमा प्रत्यक्ष रुपमा रोजगारी पाएका छन् । अहिले यहाँ मध्याह्न १२ बजेदेखि चार बजेसम्म टपरी बनाउने काम हुन्छ ।

उनीहरुले पातका लागि गाउँकै सामुदायिक वनसँग सम्झौता गरेका छन् । उद्योगमा ठूला र साना दुईथरीका टपरी र दुनाहरु बन्छन् । ठूलो टपरीलाई प्रतिगोटा दश रुपैयाँ र सानोलाई तीन÷चार रुपैयाँ निर्धारण गरिएको छ । त्यसैगरी, दुना प्रतिगोटा एक रुपैयाँका दरले बिक्री गर्ने गरिएको छ ।

“अचेल टपरी र दुनाको माग अत्यधिक छ तर, पु¥याउन सकिएकै छैन ।” हरिकलाका अनुसार दुनाटपरीका लागि बजार अभाव छैन । उनले भनिन् – ‘व्यवसायीहरु उद्योगमै लिन आउँछन् तर, सालको पातको अभावका कारण भने उत्पादन बढाउन सकिएको छैन ।”

यस उद्योगमा दैनिक २०० वटा टपरी र ३०० वटा दुना उत्पादन हुन्छ । यति उत्पादनले बजारको माग भने नधान्ने महिला उद्यमीहरु बताउँछन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सिके राउतसँग जनमत संग्रह गर्ने सहमति भएकै हो ? यस्तो छ रहस्य!
सिके राउतसँग जनमत संग्रह गर्ने सहमति भएकै हो ? यस्तो छ रहस्य!
प्रधानमन्त्री ओलीले राष्ट्रको नाममा गरेको सम्बोधन यस्तो छ
कुनै हालतमा उम्मेदवारी फिर्ता लिन्नः जगन्नाथ पौडेल
कुनै हालतमा उम्मेदवारी फिर्ता लिन्नः जगन्नाथ पौडेल
बैंकर अनिल शाहको नियुक्ति खारेज, नविलले नयाँ सीईओ नियुक्त गर्ने
बैंकर अनिल शाहको नियुक्ति खारेज, नविलले नयाँ सीईओ नियुक्त गर्ने
नवलपरासीस्थित सुस्तामा भारतीय सुरक्षाकर्मीकाे ज्यादति , नेपाली हिड्ने बाटो भत्काइदिए !
नवलपरासीस्थित सुस्तामा भारतीय सुरक्षाकर्मीकाे ज्यादति , नेपाली हिड्ने बाटो भत्काइदिए !
मुग्लिन पोखरा सडक विस्तार : डुम्रे बजारका घर भत्काउन सुरु
मुग्लिन पोखरा सडक विस्तार : डुम्रे बजारका घर भत्काउन सुरु
यी ५ राशी भएका युवतीले प्रेममा कहिल्यै धोका दिदैनन्
यी ५ राशी भएका युवतीले प्रेममा कहिल्यै धोका दिदैनन्
प्रमोद खरेलले आफ्नो मुटु फिर्ता गर्न कसलाई भने ?
प्रमोद खरेलले आफ्नो मुटु फिर्ता गर्न कसलाई भने ?
देउवाको निरंकुशता र ओलीको अधिनायकवादविरुद्ध लड्छौं: केसी
देउवाको निरंकुशता र ओलीको अधिनायकवादविरुद्ध लड्छौं: केसी
प्रेस स्वतन्त्रता सङ्कुचन पार्ने कानून संशोधन गरिने
प्रेस स्वतन्त्रता सङ्कुचन पार्ने कानून संशोधन गरिने