आईपीएल : गुजरात प्लेअफ नजिक

Shikharkhabar Shikharkhabar
|
बिहिबार, बैशाख १५, २०७९
|
|
१९ पटक हेरिएको
Shares
आईपीएल : गुजरात प्लेअफ नजिक

सारांश

  • काठमाडौं।
  • सनराइजर्स हैदराबादलाई ५ विकेटले पराजित गर्दै गुजरात टाइटन्सले इन्डियन प्रिमियर लिग (आइपीएल)- २०२२ मा सातौं जित निकाल्दै प्लेअफ नजिक पुगेकाे छ।
  • जितका लागि १९६ रनको लक्ष्य पछ्याएको गुजरातले २० ओभरमा ५ विकेट गुमाउँदै पूरा गर्‍याे।

काठमाडौं। सनराइजर्स हैदराबादलाई ५ विकेटले पराजित गर्दै गुजरात टाइटन्सले इन्डियन प्रिमियर लिग (आइपीएल)- २०२२ मा सातौं जित निकाल्दै प्लेअफ नजिक पुगेकाे छ।
जितका लागि १९६ रनको लक्ष्य पछ्याएको गुजरातले २० ओभरमा ५ विकेट गुमाउँदै पूरा गर्‍याे। गुजरातका ऋद्धिमान शाहले सर्वाधिक ६८ रन बनाए। राहुल टेवाटियाले ४० रनको योगदान गरे। हैदराबादका उमरान मलिकले एक्लै ५ विकेट लिए।
यसअघि मुम्बईमा टस हारेर पहिला ब्याटिङ गरेको हैदराबादले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १९५ रन बनायो। हैदराबादका ओपनर अभिषेक शर्माले सर्वाधिक ६५ रन बनाए । यस्तै एडेन माक्ररमले ५६ रनको योगदान गरे । गुजरातका मोहम्मद शामीले ३ विकेट लिए।
जितपछि गुजरात ८ खेलबाट १४ अंक जोड्दै शीर्ष स्थानमा छ। राजस्थान रोयल्स ८ खेलबाट १२ अंक जोडेर दोस्रो स्थानमा छ।[image: IPL-9.jpg]

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?