यस्तो आयो पछिल्लो मतपरिणाम, अघि लाग्यो एमाले

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, आषाढ १६, २०७४
|
|
४१ पटक हेरिएको
Shares
यस्तो आयो पछिल्लो मतपरिणाम, अघि लाग्यो एमाले

सारांश

  • काठमाडौं ।
  • दोश्रो चरणको निर्वाचनको मतगणना प्रक्रिया जारी रहेको छ ।
  • पछिल्लो मतगणना परिणामअनुसार नेकपा एमाले अगाडि देखिएको छ ।

काठमाडौं । दोश्रो चरणको निर्वाचनको मतगणना प्रक्रिया जारी रहेको छ । पछिल्लो मतगणना परिणामअनुसार नेकपा एमाले अगाडि देखिएको छ । पछिल्लो मतपरिणाम अनुसार  ६ स्थानमा विजयी हासिल गरेको एमालेले ७८ स्थानमा अग्रता हासिल गरिरहेको छ  । त्यसैगरी नेपाली कांग्रेसले ४ ठाउँमा विजयी हासिल गरेको छ भने ८३ स्थानमा अग्रता देखिएको छ । त्यस्तै माओवादी केन्द्रले पनि २ स्थानमा विजय प्राप्त गरेको छ भने ३२ स्थानमा अग्रता हासिल गरेको छ ।  राप्रपा र फोरम  नयाँ शक्तिले ३-३ स्थानमा अग्रता हासिल गरिरहेका छन् । त्यस्तै, फोरम लोकतान्त्रिकले ४ स्थानमा अग्रता हासिल गरिरहेको छ ।  अन्य साना दलहरुले ३ स्थानमा अग्रता हासिल गरिरहेका छन् ।  नेपाली कांग्रेसका पासाङ नर्बु शेर्पा संखुवासभाको चिचिला गाउँपालिकाबाट अध्यक्षमा विजयी भए । त्यसैगरी संखुवासभाको सिलिचुङ गाउँपालिकामा कांग्रेसका रामकुमार राई, बझाङको काँडा गाउँपालिकामा राजेन्द्र धामी र बाजुराकै छेडेदह गाउँपालिकामा कांग्रेसकै नरबहादुर राउत विजयी भए ।   डडेल्धुराको अमरगढी नगरपालिकामा नेकपा एमालेका उम्मेदवारले बिजय हासिल गरेका छन् । अमरगढी नगरपालिकाको मेयरमा एमालेका विश्वेश्वरप्रसाद ओझा विपिन विजयी भएका हुन् । एमालेका शंकरबहादुर राई खोटाङको जन्तेढुंगा गाउँपालिकामा विजयी भए । बझाङको मस्टा गाउँपालिका कर्णबहादुर कठायत र बाजुराको पाण्डवगुफा गाउँपालिकामा कालीबहादुर शाही बिजयी भएका छन् माओवादी केन्द्रले भने सोलुखुम्बुको लिखुपिके गाउँपालिका मा विजयी हासिल गरेको हो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रहरीले गोली हानी लुटेरा सदस्यका एक जना पक्राउ गर्यो
प्रहरीले गोली हानी लुटेरा सदस्यका एक जना पक्राउ गर्यो
नयाँ कानुनमा पुरुषले पनि सम्बन्ध विच्छेद गर्न पाउने
नयाँ कानुनमा पुरुषले पनि सम्बन्ध विच्छेद गर्न पाउने
विमिस्टेक सम्मेलनका लागि आउने विदेशी पाहुनाहरुलाई एउटै होटलमा नराखाैँ: गगन कुमार थापा
लेबनानका रक्षामन्त्री सर्राफले यसरी गरे नेपाली शान्ति सेनाको प्रशंसा
लेबनानका रक्षामन्त्री सर्राफले यसरी गरे नेपाली शान्ति सेनाको प्रशंसा
अश्लील गतिविधि गर्ने अधिकृत निरौलालाई २४ घन्टाभित्र हाजिर हुन मन्त्री मोदीको निर्देशन
अश्लील गतिविधि गर्ने अधिकृत निरौलालाई २४ घन्टाभित्र हाजिर हुन मन्त्री मोदीको निर्देशन
सुनसरी ३ मा गच्छदार र चौधरीको कडा प्रतिस्पर्धा कायम
सुनसरी ३ मा गच्छदार र चौधरीको कडा प्रतिस्पर्धा कायम
पाकिस्तानका पूर्व राष्ट्रपति मुशर्रफको निधन
पाकिस्तानका पूर्व राष्ट्रपति मुशर्रफको निधन
१०५ सिट जित्ने वाम गठबन्धनको दावी
१०५ सिट जित्ने वाम गठबन्धनको दावी
दूध संकलन प्रणालीलाई प्रविधिमैत्री बनाउँदै डीडीसी: साउनभित्र सम्पर्कमा नआउने फार्म र सहकारीबाट दूध नकिन्ने
दूध संकलन प्रणालीलाई प्रविधिमैत्री बनाउँदै डीडीसी: साउनभित्र सम्पर्कमा नआउने फार्म र सहकारीबाट दूध नकिन्ने
How to Secure Organization Software