पोखरामा ‘माउन्ट एभरेष्ट अन्तर्राष्ट्रिय तेक्वान्दो’ आजदेखि

Shikharkhabar Shikharkhabar
|
बिहिबार, आश्विन ६, २०७९
|
|
२८ पटक हेरिएको
Shares
पोखरामा ‘माउन्ट एभरेष्ट अन्तर्राष्ट्रिय तेक्वान्दो’ आजदेखि

सारांश

  • कास्की।
  • पोखरामा आजदेखि ‘तेस्रो माउन्ट एभरेष्ट अन्तर्राष्ट्रिय खुला तेक्वान्दो च्याम्पियनसिप’ जि-२ र्‍याङकिङ तथा ‘प्रथम जिसिएस माउन्ट एभरेष्ट अन्तर्राष्ट्रिय खुला पुम्से च्याम्पियनसिप हुँदै छ।
  • नेपाल तेक्वान्दो सङ्घको आयोजनामा यही असोज ९ गतेसम्म पोखरा रङ्गशालास्थित बहुउद्देश्यीय कभर्ड हलमा प्रतियोगिता सञ्चालन हुनेछ।

कास्की। पोखरामा आजदेखि ‘तेस्रो माउन्ट एभरेष्ट अन्तर्राष्ट्रिय खुला तेक्वान्दो च्याम्पियनसिप’ जि-२ र्‍याङकिङ तथा ‘प्रथम जिसिएस माउन्ट एभरेष्ट अन्तर्राष्ट्रिय खुला पुम्से च्याम्पियनसिप हुँदै छ। नेपाल तेक्वान्दो सङ्घको आयोजनामा यही असोज ९ गतेसम्म पोखरा रङ्गशालास्थित बहुउद्देश्यीय कभर्ड हलमा प्रतियोगिता सञ्चालन हुनेछ।

प्रतियोगितामा सहभागी हुन १३ देशका एक हजार चार सय २५ खेलाडी पोखरा आइसकेका मूल आयोजक समितिका सचिव जगन गुरुङले जानकारी दिए। उनका अनुसार एउटै खेलका लागि यति ठूलो सङ्ख्याको सहभागिता नेपाली खेलकुदको इतिहासमा नै पहिलो हो। प्रतियोगितामा सिनियर र जुनियरतर्फको विभिन्न उमेर समूहमा प्रतिस्पर्धा हुनेछ।

प्रतियोगितामा १४ वर्षदेखि ६० वर्षसम्म महिला र पुरुष गरी विभिन्न आठ तौल समूहमा तथा पुम्सेतर्फ १४ देखि ६० वर्षभन्दा माथि एकल, जोडी र समूहमा प्रतिस्पर्धा हुने आयोजक नेपाल तेक्वान्दो सङ्घका अध्यक्ष प्रकाश शम्शेर राणाले जानकारी दिए।

प्रतियोगिताका लागि तेक्वान्दो महासङ्घको छाता संस्था वल्र्ड तेक्वान्दोका अध्यक्ष डा चोउ चुङ ओन, एशियन तेक्वान्दो फेडरेशनका अध्यक्ष लिक्यू सिोओकलगायत पोखरामा आउने बताइएको छ। विश्वभरिका खेलाडी, निर्णायक तथा प्रशिक्षक, तेक्वान्दो महासङ्घका विशिष्ट पदाधिकारीसहित दुई हजारभन्दा बढीको सहभागिता हुने अनुमान आयोजकको छ।

विश्वस्तरीय मेगा तेक्वान्दो प्रतियोगिता अवलोकन गर्न पाँच हजारभन्दा बढी तेक्वान्दो प्रेमी पोखरा आउने अपेक्षा गरिएको सङ्घले जनाएको छ। यसअघि हालसम्म दुई पटक सफलतापूर्वक काठमाडौँमा सम्पन्न भएको प्रतियोगिता विश्व महामारीका रुपमा फैलिएको कोभिड–१९ का कारण दुई वर्ष स्थगित हुन पुगेको थियो।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

भक्तपुरको नयाँ बाटोमा साझा बसलाई रूट अनुमति, व्यवसायीको एकाधिकार तोडियो
भक्तपुरको नयाँ बाटोमा साझा बसलाई रूट अनुमति, व्यवसायीको एकाधिकार तोडियो
साथी भाई सँग टाढा  घुम्न जदा एक्दम रमाइलो लाग्छ:आर्जन
साथी भाई सँग टाढा घुम्न जदा एक्दम रमाइलो लाग्छ:आर्जन
प्रतिनिधिसभा र प्रदेश सभाका लागि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले गर्यो इलाममा  उम्मेदवार चयन
प्रतिनिधिसभा र प्रदेश सभाका लागि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले गर्यो इलाममा उम्मेदवार चयन
सुनको मूल्यमा गिरावट
सुनको मूल्यमा गिरावट
ओलीको ‘डिनर डिप्लोमेसी’: सरकारको कठोरपन उस्तै
ओलीको ‘डिनर डिप्लोमेसी’: सरकारको कठोरपन उस्तै
चर्चित तथा शीर्ष नेताहरुले गरे मतदान (हेर्नुहोस् तस्विरमा)
चर्चित तथा शीर्ष नेताहरुले गरे मतदान (हेर्नुहोस् तस्विरमा)
‘राधा २’ मा अायुषमान र प्रियंकाकाे जाेडी !
‘राधा २’ मा अायुषमान र प्रियंकाकाे जाेडी !
नेपाल भारतको खुला सिमाना नियमन गर्न सर्वोच्चको परमादेश
दश वर्ष कतार एयरवेजमा काम गरिसकेका अनुभवी पाईलट शाहलाई नेपाल एयरलाईन्सका पाईलटबाट अपमान !
दश वर्ष कतार एयरवेजमा काम गरिसकेका अनुभवी पाईलट शाहलाई नेपाल एयरलाईन्सका पाईलटबाट अपमान !
बलिउड फिल्म ‘जग्गा जासुस’ की नायिका बिदिशा बेजबरुआ मृतअवस्थामा फेला
बलिउड फिल्म ‘जग्गा जासुस’ की नायिका बिदिशा बेजबरुआ मृतअवस्थामा फेला

तपाईंले छुटाउनुभयो कि?