‘राष्ट्रवादलाई चर्को रुपमा उठाउँदा समस्या आयो’

Shikharkhabar Shikharkhabar
|
सोमबार, आषाढ ५, २०७४
|
|
२३ पटक हेरिएको
Shares
‘राष्ट्रवादलाई चर्को रुपमा उठाउँदा समस्या आयो’

सारांश

  • काठमाडौँ, ५ असार ।
  • नेपाली काँग्रेसका केन्द्रीय सदस्य सुरेन्द्र पाण्डेले नेकपा (एमाले)को ढिपीका कारण स्थानीय तहको निर्वाचन तीन चरणमा गर्नुपरेको बताउनुभएको छ ।
  • रिपोर्टर्स क्लबमा आज आयोजित साक्षात्कारमा उहाँले पहिलो चरणको चुनावमा एमाले अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रवादलाई चर्को रुपमा उठाएको तर काँग्रेस त्यो स्तरमा नओर्लेको बताउनुभयो ।

काठमाडौँ, ५ असार । नेपाली काँग्रेसका केन्द्रीय सदस्य सुरेन्द्र पाण्डेले नेकपा (एमाले)को ढिपीका कारण स्थानीय तहको निर्वाचन तीन चरणमा गर्नुपरेको बताउनुभएको छ ।

रिपोर्टर्स क्लबमा आज आयोजित साक्षात्कारमा उहाँले पहिलो चरणको चुनावमा एमाले अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रवादलाई चर्को रुपमा उठाएको तर काँग्रेस त्यो स्तरमा नओर्लेको बताउनुभयो । असार १४ मा हुने निर्वाचनमा काँग्रेस ६० प्रतिशत स्थानमा विजयी हुने दावा पनि उहाँले गर्नुभयो ।

राजपाका वरिष्ठ नेता मनिषकुमार सुमनले असार १४ को स्थानीय तहको निर्वाचन हँुदै गर्दा सरकारले राजपाका नेता तथा कार्यकर्तालाई थुनेको र घर घेरेर जबर्जस्ती गरेको आरोप लगाउनुभयो । मधेसी जनतालाई बाहिर राखेर गरिने निर्वाचनले ठूलो दुर्घटना निम्त्याउने चेतावनी पनि उहाँले दिनुभयो ।

एमालेका नेता आनन्द पोखरेलले तराईमा हुने स्थानीय तहको निर्वाचनमा ५१ प्रतिशत स्थानमा एमाले विजयी हुने दावा गर्नुभयो । मधेसी जनताको मागअनुसार संविधान संशोधन गर्ने कार्यमा एमालेले कुनै हालतमा समर्थन नगर्ने पनि उहाँले बताउनुभयो ।

नेकपा माओवादी केन्द्रका नेता रामनारायण विडारीले नेपाली जनताले धर्मनिरपेक्षता र सङ्घीयताको पक्षमा मतदान गरेर संविधान कार्यान्वयन गर्ने र यसमा जुनसुकै पार्टीले जिते पनि आफूहरुलाई मान्य हुने बताउनुभयो । मधेसी जनताका मागलाई सम्बोधन गर्ने माओवादी अडान यथावत् रहेको पनि उहाँले स्पष्ट पार्नुभयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

अनुमति नलिइ सन्चालनमा अाएका विद्यालय बन्द हुने !
अनुमति नलिइ सन्चालनमा अाएका विद्यालय बन्द हुने !
कोशी सरकारविरुद्धको रिटमा सर्वोच्चले भन्योः ‘अध्यक्षता गर्ने व्यक्तिलाई मत दिने अधिकार देखिँदैन’
कोशी सरकारविरुद्धको रिटमा सर्वोच्चले भन्योः ‘अध्यक्षता गर्ने व्यक्तिलाई मत दिने अधिकार देखिँदैन’
सन्दीप लामिछानेको उत्कृष्ट प्रदर्शनमा नेपाल समूह विजेता बन्दै सेमिफाइनलमा
सन्दीप लामिछानेको उत्कृष्ट प्रदर्शनमा नेपाल समूह विजेता बन्दै सेमिफाइनलमा
नेपाल भारतसँग पराजित
नेपाल भारतसँग पराजित
कुटपिटबाट रिह्याब सेन्टरमा एक जनाको मृत्यु, सञ्चालक र मेनेजर पक्राउ, दुई फरार
कुटपिटबाट रिह्याब सेन्टरमा एक जनाको मृत्यु, सञ्चालक र मेनेजर पक्राउ, दुई फरार
राष्ट्रपतिबाट नवनियुक्त मन्त्रीलाई शपथ
राष्ट्रपतिबाट नवनियुक्त मन्त्रीलाई शपथ
साफ च्याम्पियनसिप र एसियाडकाे तयारीका लागि नेपाल थाईल्याण्ड प्रस्थान !
साफ च्याम्पियनसिप र एसियाडकाे तयारीका लागि नेपाल थाईल्याण्ड प्रस्थान !
गाडी र एट्याच्ड बाथरुम नभएको भन्दै उपमेयरले च्यातिन् माइन्युट
गाडी र एट्याच्ड बाथरुम नभएको भन्दै उपमेयरले च्यातिन् माइन्युट
प्रधानमन्त्री र मन्त्रीहरु साधुको शरणमा !
प्रधानमन्त्री र मन्त्रीहरु साधुको शरणमा !
कस्तो रह्याे समग्रमा नेपालकाे अभ्यास ?
कस्तो रह्याे समग्रमा नेपालकाे अभ्यास ?

तपाईंले छुटाउनुभयो कि?