पोखरा–बागलुङ सडकमा पहिरो जाँदा यात्रु अलपत्र
सारांश
- पर्वत, २८ असार – लगातार पानी परेपछि सडकमा पहिरो खसेका कारण गए रातिदेखि पोखरा–बागलुङ सडकखण्ड अवरुद्ध भएको छ ।
- पहिरोका कारण पोखरा हुँदै बागलुङ, म्याग्दी, पर्वत जाने र पर्वत पोखरा तथा अन्य लामो-छोटो दूरीमा जाने सयौँ सवारी साधन अलपत्र परेका छन् ।
- सडकखण्डअन्तर्गत पर्वतको मोदी गाउँपालिका–५ बाजुङमा पर्ने भ्याप्ले खोलामा लेदो झरेको छ ।
पर्वत, २८ असार – लगातार पानी परेपछि सडकमा पहिरो खसेका कारण गए रातिदेखि पोखरा–बागलुङ सडकखण्ड अवरुद्ध भएको छ । पहिरोका कारण पोखरा हुँदै बागलुङ, म्याग्दी, पर्वत जाने र पर्वत पोखरा तथा अन्य लामो-छोटो दूरीमा जाने सयौँ सवारी साधन अलपत्र परेका छन् ।
सडकखण्डअन्तर्गत पर्वतको मोदी गाउँपालिका–५ बाजुङमा पर्ने भ्याप्ले खोलामा लेदो झरेको छ । पहिरोले कारण सडक अवरुद्ध भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्वतले जानकारी दिएको छ ।
गए राति १० बजेदेखि नै पहिरो खस्न शुरु गरेका कारण पोखराबाट पर्वत हुँदै मुस्ताङ, म्याग्दी र रातिदेखि नै बीचैमा अलपत्र परेका छन् ।
बाटो खुलाउनका लागि रातिदेखि नै डोजर प्रयोग गरिए पनि हिलो र लेदो खस्ने क्रम नरोकिएका कारण अहिलेसम्म पनि बाटो अवरुद्ध नै छ ।
बाटो खुलाउनका लागि डिमुवाबाट रातिदेखि नै प्रहरी खटिए पनि सडक पुनः सञ्चालन हुन सकेको छैन । दिउँसोसम्ममा सडक पुनः सञ्चालन हुने जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
प्रतिक्रिया