सत्तापक्षकै प्रस्तावमा लेखा समितिमा प्रतिपक्ष सभापति

Shikharkhabar Shikharkhabar
|
आइतबार, बैशाख १६, २०७५
|
|
२८ पटक हेरिएको
Shares
सत्तापक्षकै प्रस्तावमा लेखा समितिमा प्रतिपक्ष सभापति

सारांश

  • पोखरा : सत्ता पक्षकै प्रस्तावमा प्रदेश ४ को प्रदेशसभाको सार्वजनिक लेखा समिति सभापतिमा प्रमुख प्रतिपक्ष दल कांग्रेसका सांसद कुमार खड्का निर्विरोध भएका छन् ।
  • संसद्का विषयगत समितिका सभापति चयनका लागि शनिबार उम्मेदवारी दर्ताको कार्यक्रम थियो ।
  • एमाले संसदीय दलका सचेतक मायानाथ अधिकारी प्रस्तावक र कांग्रेस सांसद मेखलाल श्रेष्ठको समर्थनमा खड्काको उम्मेदवारी दर्ता भएको छ ।

पोखरा : सत्ता पक्षकै प्रस्तावमा प्रदेश ४ को प्रदेशसभाको सार्वजनिक लेखा समिति सभापतिमा प्रमुख प्रतिपक्ष दल कांग्रेसका सांसद कुमार खड्का निर्विरोध भएका छन् । संसद्का विषयगत समितिका सभापति चयनका लागि शनिबार उम्मेदवारी दर्ताको कार्यक्रम थियो ।

एमाले संसदीय दलका सचेतक मायानाथ अधिकारी प्रस्तावक र कांग्रेस सांसद मेखलाल श्रेष्ठको समर्थनमा खड्काको उम्मेदवारी दर्ता भएको छ । शनिबार साँझ ५ बजेसम्मको निर्धारित समयभित्र उनीविरुद्ध कसैको उम्मेदवारी नपरेको प्रदेशसभा सचिवालयका सचिव शम्भु खड्काले जानकारी दिए । सार्वजनिक लेखा समिति सभापतिमा कुमार खड्का सभापति निर्वाचित भएको आधिकारिक घोषणा भने आइतबार हुनेछ ।

प्रदेशसभाका विषयगत अन्य समितिको सभापति पनि निर्विरोध भएका छन् । विधायन, प्रदेश मामिला र अर्थ तथा विकास समिति सभापतिमा पनि १÷१ जनाको मात्रै उम्मेदवारी परेको खड्काले जानकारी दिए । विधायन समितिमा एमालेका मोहन रेग्मी, प्रदेश मामिलामा राष्ट्रिय जनमोर्चाका कृष्ण थापा र अर्थ तथा विकास समितिमा माओवादी केन्द्रका दीपक कोइरालाको मात्रै उम्मेदवारी परेको छ ।

विधायन समितिबाहेकमा १३÷१३ जना सदस्य छन् । ५९ सदस्यीय प्रदेशसभाका ७ जना मन्त्री छन् । एक जना सभामुख र अर्का उपसभामुख छन् । बाँकी ५० सांसद ४ वटा विषयगत समितिमा अटाएका छन् । प्रदेशसभाका विषयगत समितिका सभापतिहरूको निर्वाचनको मिति सभामुखले तोक्ने प्रदेशसभा नियमावलीले व्यवस्था गरेको छ । सभामुख नेत्रनाथ अधिकारीले शनिबार उम्मेदवारी दर्ता र आइतबार मतदान हुने गरी शुक्रबार निर्वाचन तोकेका थिए ।

प्रदेशसभा नियमावलीले विषयगत समितिको क्षेत्राधिकार पनि प्रस्ट गरेको छ । आन्तरिक मामिला तथा कानुन मन्त्रालयको कानुन तथा न्यायसम्बन्धी विषय, विधेयकउपर दफावार छलफल र प्रत्यायोजित व्यवस्थापनसम्बन्धी क्षेत्राधिकार विधायन समितिलाई छ । प्रदेश लोकसेवा आयोगबाहेक प्रादेशिक संवैधानिक आयोगका प्रतिवेदन र सार्वजनिक लेखासम्बन्धी जिम्मेवारी सार्वजनिक लेखा समितिको छ ।

अर्थ तथा विकास समितिलाई आर्थिक मामिला तथा योजना मन्त्रालय, भौतिक पूर्वाधार विकास मन्त्रालय, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयसँग सम्बन्धित विषय क्षेत्रको अधिकार छ । प्रदेश मामिला समितिलाई आन्तरिक मामिला तथा कानुन मन्त्रालयको शान्ति सुरक्षासम्बन्धी विषय, प्रदेश लोकसेवा आयोग, सामाजिक विकास मन्त्रालय तथा मानवअधिकार, सामाजिक सुरक्षा, श्रम र महिला, युवा, ज्येष्ठ नागरिक, बालबालिका र अल्पसंख्यकहरूको कल्याणसम्बन्धी क्षेत्राधिकार छ ।

पोखरेल कांग्रेस संसदीय दल नेता

पोखरा, प्रदेश ४ को कांग्रेस संसदीय दलको नेतामा कृष्णचन्द्र नेपाली पोखरेल चुनिएका छन् । प्रदेश सभा गठन भएको लामो समयपछि मात्रै उक्त पार्टीको संसदीय दलले नेतृत्व पाएको हो । नवलपरासीबाट निर्वाचित कांग्रेसका पुराना, निष्ठावान र इमान्दार नेता पोखरेल प्रदेश सभामा कांग्रेस सांसदहरुमध्ये सबैभन्दा वरिष्ठ पनि हुन् । तर बागलुङका सांसद मणिभद्र शर्मा, कास्कीका सांसद कुमार खड्का र कास्कीबाटै निर्वाचित अर्का सांसद विन्दु थापा पनि उक्त पदका आकांक्षी थिए । शनिबार कांग्रेस संसदीय दल नेतृत्वका लागि सर्वसम्मति जुटेको हो । आइतबार मात्रै कृष्णचन्द्र नेपाली पोखरेल संसदीय दल नेता निर्विरोध भएको घोषणा हुनेछ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रधानमन्त्रीले गरे चोभार सुख्खा बन्दरगाहको उद्घाटन
प्रधानमन्त्रीले गरे चोभार सुख्खा बन्दरगाहको उद्घाटन
एक वर्षभित्रमा गाडी चल्ने गरी सुरुङमार्गको कामलाई तीव्रता दिन्छौँ : मन्त्री ज्वाला
एक वर्षभित्रमा गाडी चल्ने गरी सुरुङमार्गको कामलाई तीव्रता दिन्छौँ : मन्त्री ज्वाला
वामदेवविरूद्धको मुद्दाको आज सुनुवाई हुँदै
केन्यामाथि नेपालको ४ विकेटको जित, शृंखलामा २-१ को अग्रता
केन्यामाथि नेपालको ४ विकेटको जित, शृंखलामा २-१ को अग्रता
रातको समयमा घेरा हाली हालेर आक्रमण , १५ प्रहरीको अवस्था गम्भीर स्थिति नियन्त्रण बाहिर
रातको समयमा घेरा हाली हालेर आक्रमण , १५ प्रहरीको अवस्था गम्भीर स्थिति नियन्त्रण बाहिर
भरतपुरमा निर्वाचनको तयारी, मतदानस्थल वरपर निषेधित क्षेत्र
भरतपुरमा निर्वाचनको तयारी, मतदानस्थल वरपर निषेधित क्षेत्र
‘मेरो सरकार’ले नेकपा भित्र बनायो आलोचना र विवाद
‘मेरो सरकार’ले नेकपा भित्र बनायो आलोचना र विवाद
बालगृहमा आगलागी हुँदा १५ बालबालिकाको मृत्यु
बालगृहमा आगलागी हुँदा १५ बालबालिकाको मृत्यु
शोकप्रस्ताव पारित
शोकप्रस्ताव पारित
राजमोले २०७१ सालमै अस्वीकार गरेका जोशी फालिएपछि चित्रबहादुर केसीले गरे स्वागत
राजमोले २०७१ सालमै अस्वीकार गरेका जोशी फालिएपछि चित्रबहादुर केसीले गरे स्वागत

तपाईंले छुटाउनुभयो कि?