माथिल्लो तामाकोशीको ठाडो सुरुङमा पेनस्टक पाइप जडान

Shikharkhabar Shikharkhabar
|
बिहिबार, आषाढ १२, २०७६
|
|
४७ पटक हेरिएको
Shares
माथिल्लो तामाकोशीको ठाडो सुरुङमा पेनस्टक पाइप जडान

सारांश

  • जिरी।
  • माथिल्लो तामाकोशी जलविद्युत् आयोजनालाई अर्को सफलता मिलेको छ।
  • माथिल्लोे ठाडो सुरुङमा पेनस्टक पाइप जडानका लागि पाइप जोडिएको छ ।

जिरी। माथिल्लो तामाकोशी जलविद्युत् आयोजनालाई अर्को सफलता मिलेको छ। माथिल्लोे ठाडो सुरुङमा पेनस्टक पाइप जडानका लागि पाइप जोडिएको छ । एउटा पाइप माथिबाट तल सफलतापूर्वक पु¥याएसँगै जडानकार्य पनि शुरु भएको छ। लामो समयको प्रयासपछि अत्यन्तै जटिल र चुनौतीपूर्ण ठाडो सुरुङको दुवैमा पाइप जडान शुरु भएको हो।

मङ्गलबार माथिल्लो ठाडो सुरुङमा साढे दुई मिटर लम्बाइ र नौ टन तौल भएको पाइप ३५ टन तौल क्षमताको क्रेनबाट दुई घण्टामा माथिबाट तल झारेको आयोजनाका प्रवक्ता डा गणेश न्यौपाने जानकारी दिए। तल्लोभन्दा माथिल्लो क्रेनको गति निकै छिटो भएको उनले बताए । यसको गति सात मिटर प्रतिमिनेट रहेको उनले बताए।

मङ्गलबार दिउँसो माथिल्लो ठाडो सुरुङको पहिलो पाइप झार्न काम आयोजना प्रमुख दिनेशजङ्ग राणा, पावरहाउस तथा मेकानिकल महाशाखा प्रमुख नारायण जैसी तिवारी, इलेक्ट्रिकल महाशाखा प्रमुखतलगायतको उपस्थितिमा भएको आयोजनाका प्रवक्ता डा न्यौपानेले जानकारी दिए।

दश दिनअघि तल्लो सुरुङमा पाँच मिटर लम्बाइ र २८ टन तौल भएको पहिलो पाइप राख्न सात घण्टा लागेको थियो । “तल्लो खण्डको तुलनामा माथिल्लोको गति छिटो नै होे”, उनले भने, “पाइप जडानकै कारण आयोजनाबाट विद्युत् उत्पादन जटिल बन्दै गएकोमा अब सफलता मिल्नेमा आशावादी बनेका छौँ।”

माथिल्लो ठाडो सुरुङमा पाइप झारेपछि पुछारमा रहेको बेण्ड पेनस्टक पाइप मिलाउने, वेल्डिङ गर्ने र त्यसपछि कङ्क्रिट गरिने आयोजनाले जनाएको छ । त्यसपछि अर्को पाइप जडान शुरु हुनेछ । माथिल्लो पेनस्टक साफ्ट ३१० मिटरको छ ।

पहिलो पाइप सफलतापूर्वक राखिएकाले तल्लो ठाडो सुरुङमा पाइप राख्ने विषयमा रहेको अन्योल हटेको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाले जनाएको छ । पेनस्टक पाइप आपूर्ति तथा जडानको ठेक्का पाएको भारतीय कम्पनी टेक्स्म्याकोले काम गर्न ढिलाइ गरेपछि तल्लो ठाडो सुरुङमा पाइप जडानको जिम्मा इलेक्ट्रोमेकानिकल (लट ३)को ठेकदार अष्ट्रियन कम्पनी एन्ड्रिज हाइड्रोलाई दिइएको छ ।

अपर तामाकोशी हाइड्रोपावर लिमिटेड, टेक्सम्याको र एन्ड्रिजबीच गत २३ पुसमा आयोजनालाई थप वित्तीयभार नपर्ने गरी यो काम गर्न त्रिपक्षीय सम्झौता भएको थियो । तर माथिल्लो साफ्टको ३१० मिटरको पाइप जडानकार्य भने भारतीय कम्पनी (लट २) कै टेक्सम्याको रेल्वे एण्ड इञ्जिनीयरिङले नै गर्दै आएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

एसपी रानाको उद्घोष:  पोखरा गुण्डा मुक्त क्षेत्र
एसपी रानाको उद्घोष: पोखरा गुण्डा मुक्त क्षेत्र
प्रदेश २ सरकारको आपतकालीन मन्त्रिपरिषद बैठक : मृतकका परिवारलाई ३ लाख रुपैयाँ दिने
प्रदेश २ सरकारको आपतकालीन मन्त्रिपरिषद बैठक : मृतकका परिवारलाई ३ लाख रुपैयाँ दिने
बजेटमा कहिलेसम्म राख्ने कार्यान्वयन नहुने अमूर्त शब्द ?
‘हेर्दाहेर्दै साथीलाई विमानले किच्यो तर मैले भने नयाँ जीवन पाएँ’ : प्रहरी निरीक्षक लिम्बू
‘हेर्दाहेर्दै साथीलाई विमानले किच्यो तर मैले भने नयाँ जीवन पाएँ’ : प्रहरी निरीक्षक लिम्बू
हिकाष्ट कलेजलाई लक्ष्यित गरी बम
हिकाष्ट कलेजलाई लक्ष्यित गरी बम
नेकपा विवाद स्थायी समितिमा
नेकपा विवाद स्थायी समितिमा
ज्योति मगरलाइ टक्कर दिने अर्को हट मोडल मेघना मगरको सेक्सी फोटो सार्वजानिक
ज्योति मगरलाइ टक्कर दिने अर्को हट मोडल मेघना मगरको सेक्सी फोटो सार्वजानिक
२०४६ को जनआन्दोलन सम्झाउने त्यो फोटो…
२०४६ को जनआन्दोलन सम्झाउने त्यो फोटो…
ओलीलाई माधव नेपालको अन्तिम प्रस्ताव ः ‘२०७५ जेठ २ गते फर्किए विश्वासको मत दिन्छौं, नत्र सामूहिक राजीनामा’
ओलीलाई माधव नेपालको अन्तिम प्रस्ताव ः ‘२०७५ जेठ २ गते फर्किए विश्वासको मत दिन्छौं, नत्र सामूहिक राजीनामा’
फिडेल क्यास्ट्रोका छोराद्वारा आत्महत्या
फिडेल क्यास्ट्रोका छोराद्वारा आत्महत्या