प्रधानमन्त्री दाहाल र अध्यक्ष ओली भेट, के भयाे कुराकानी ?
सारांश
- काठमाडौं ।
- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।
- सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा भएको भेटमा संवैधानिक परिषद्को बैठकलगायत विषयमा छलफल भएको प्रधानमन्त्रीका प्रेस विज्ञ मनहरि तिमिल्सिनाले जानकारी दिए ।
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।
सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा भएको भेटमा संवैधानिक परिषद्को बैठकलगायत विषयमा छलफल भएको प्रधानमन्त्रीका प्रेस विज्ञ मनहरि तिमिल्सिनाले जानकारी दिए ।
संवैधानिक परिषद्मा सहमति जुट्न नसक्दा प्रधानन्यायाधीश नियुक्तिको सिफारिस हुन सकेको छैन । प्रधानमन्त्री दाहालले बुधबार बिहान संवैधानिक परिषद् बैठक बोलाएका थिए ।
बैठकमा प्रधानन्यायाधीश नियुक्तिको सिफारिस गर्नेसम्बन्धमा छलफल भए पनि निर्णय भएन ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया