बाढी पीडितको उद्धार र राहतमा जुट्न सभापति देउवाको आग्रह

Shikharkhabar Shikharkhabar
|
बिहिबार, श्रावण २, २०७६
|
|
१९ पटक हेरिएको
Shares
बाढी पीडितको उद्धार र राहतमा जुट्न सभापति देउवाको आग्रह

सारांश

  • बर्दिवास।
  • नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले बाढी र डुबान प्रभावितको उद्धार तथा राहतमा लाग्न सबैसँग आग्रह गरेका छन्।
  • महोत्तरीका बाढी तथा डुबान प्रभावित क्षेत्रको स्थलगत अनुगमन एवं पीडितको अवस्था बुझ्न बर्दिवास आइपुगेका सभापति देउवाले आज बिहान आफ्नै पार्टीका कार्यकर्तालाई सम्बोधन गर्दै यस्तो आग्रह गरेका हुन्।

बर्दिवास। नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले बाढी र डुबान प्रभावितको उद्धार तथा राहतमा लाग्न सबैसँग आग्रह गरेका छन्। महोत्तरीका बाढी तथा डुबान प्रभावित क्षेत्रको स्थलगत अनुगमन एवं पीडितको अवस्था बुझ्न बर्दिवास आइपुगेका सभापति देउवाले आज बिहान आफ्नै पार्टीका कार्यकर्तालाई सम्बोधन गर्दै यस्तो आग्रह गरेका हुन्।“अहिले बिपत्तिको समय छ, सबै आग्रह पूर्वाग्रह त्यागेर राहत तथा उद्धारमा जुट्नुहोस्”, सभापति देउवाले कार्यकर्तालाई सम्बोधन गर्दै भने, “यस्तो समयमा आफ्नो, पराया भन्ने भावनाबाट मुक्त भई सेवाभावले राहत, उद्धारका काममा लाग्नुहोस्।” अरु सबै राजनीतिक दल, सरकारी निकाय र दातृ संस्थाबाट पनि आफूले यस्तै सेवाको अपेक्षा राखेको देउवाको भनाइ छ।

पीडितको नाम नै सङ्कलन गर्दा पनि कतिपय ठाउँमा तलमाथि भएको गुनासो आफूसमक्ष आएको बताउँदै सभापति देउवाले त्यस्ता गुनासा आउन नदिन सबै दलका कार्यकर्ताले उदार बन्नुपर्ने सुझाव दिए। आफू विपद् क्षेत्रको निरीक्षण र पीडितको अवस्था बुझ्न आएकाले अहिले राजनीतिक कुराबारे जिज्ञासा नराख्न पार्टी कार्यकर्ता र सञ्चारकर्मीलाई देउवाले पहिले नै आग्रह गरेका थिए।

सभापति देउवाको निरीक्षण टोलीमा काङ्ग्रेस केन्द्रीय सदस्य रामकृष्ण यादव, आनन्दप्रसाद ढुङ्गाना र पार्टी जिल्ला सभापति महेन्द्रकुमार रायसहितका नेताहरु सम्मिलित छन्। सभापति देउवाको आज बाढी र डुबानबाट अतिप्रभावित औरही नगरपालिकाको श्रीपुर, पिपरा गाउँपालिका र जिल्ला सदरमुकाम जलेश्वर पुग्ने कार्यक्रम रहेको नेपाली काङ्ग्रेस महोत्तरीका सभापति रायले जानकारी दिए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

अफगानिस्तानमा पुनः ६.३ म्याग्निच्युडको भूकम्प
अफगानिस्तानमा पुनः ६.३ म्याग्निच्युडको भूकम्प
सरकारले प्रदेश प्रमुख तथा अस्थायी केन्द्र तोक्यो, कहाँ–कहाँ पर्यो ?
सरकारले प्रदेश प्रमुख तथा अस्थायी केन्द्र तोक्यो, कहाँ–कहाँ पर्यो ?
सहिद स्मारक ए डिभिजन लिगमा च्यासल युथ क्लब संगा एपीएफ १–० ले पराजित
सहिद स्मारक ए डिभिजन लिगमा च्यासल युथ क्लब संगा एपीएफ १–० ले पराजित
मोरङमा वाम तालमेलः एमालेलाई चार, माओवादीलाई दुई सीट
मोरङमा वाम तालमेलः एमालेलाई चार, माओवादीलाई दुई सीट
काठमाडौंमा भूकम्पको धक्का महशुस
काठमाडौंमा भूकम्पको धक्का महशुस
शान्ति प्रक्रियालाई तार्किक निष्कर्षमा पु-याउनु नेपालको प्रमुख एजेण्डाः प्रधानमन्त्री दाहाल
शान्ति प्रक्रियालाई तार्किक निष्कर्षमा पु-याउनु नेपालको प्रमुख एजेण्डाः प्रधानमन्त्री दाहाल
सवा चार करोडमा यस्तो बन्दै छ कपुरकोट गाउँपालिकाको भवन
सवा चार करोडमा यस्तो बन्दै छ कपुरकोट गाउँपालिकाको भवन
कोशी र गण्डकी प्रदेशका केही स्थानमा हल्का वर्षाको सम्भावना
कोशी र गण्डकी प्रदेशका केही स्थानमा हल्का वर्षाको सम्भावना
जस्को मृगौलामा पनि ढुंगा ! बुर्तिवाङका डाक्टरहरुको दिमाग बिग्रिएको हो कि, अल्ट्रासाउण्ड मेसिन ?
जस्को मृगौलामा पनि ढुंगा ! बुर्तिवाङका डाक्टरहरुको दिमाग बिग्रिएको हो कि, अल्ट्रासाउण्ड मेसिन ?
३० करोडमा कुमारीत्व लिलामी
३० करोडमा कुमारीत्व लिलामी

तपाईंले छुटाउनुभयो कि?