श्रीमानको लिंग सानो भएपछि श्रीमतीले गरिन् सम्बन्धविच्छेद

Shikharkhabar Shikharkhabar
|
आइतबार, आषाढ २४, २०७५
|
|
२८ पटक हेरिएको
Shares
श्रीमानको लिंग सानो भएपछि श्रीमतीले गरिन् सम्बन्धविच्छेद

सारांश

  • सुनसरी, २४ असार ।
  • श्रीमान र श्रीमतीबीच सम्बन्ध विच्छेदका घटनाहरु दिनानुदिन बढिरहेका छन् ।
  • सम्बन्धविच्छेदका धेरै कारणहरु हुनसक्छन् ।

सुनसरी, २४ असार । श्रीमान र श्रीमतीबीच सम्बन्ध विच्छेदका घटनाहरु दिनानुदिन बढिरहेका छन् । सम्बन्धविच्छेदका धेरै कारणहरु हुनसक्छन् । तर, सुनसरीमा भने श्रीमानको लिंग सानो भएकाले यौन सन्तुष्टि नपाएको भन्दै श्रीमानसँग सम्बन्धविच्छेद गरेकी छन् ।

सुनसरीमा पति–पत्नीको झगडा मिलाउन गएका जनप्रतिनिधि र झगडाको कारण सुन्ने सबै चकित परेका छन् । श्रीमानको लिंग सानो भएकोले श्रीमतीले सम्वन्ध विच्छेदको माग गरेपछि भेलामा जम्मा भएका सबै चकित परेका थिए । जनप्रतिनिधिसहितको भेलाले अन्ततः दुबैलाई अलग हुने बाटो खोलिदिएको छ । विवाह भएको ६ महिनासम्म राम्रो सम्बन्ध रहेको जोडीमा खटपट शुरु भएको थियो । श्रीमतीले आफूलाई यौन सन्तुष्टि नपुगेको भन्दै श्रीमानसँग सम्वन्ध बिच्छेद गर्न दवाव दिन थालेपछि खटपट शुरु भएको बताइएको छ ।

परिवारमा कलह बढ्दै गएपछि बाहिरिएको सो विषय अन्ततः वडा कार्यालयसम्म पुगेको थियो । वडाध्यक्षसहितका जनप्रतिनिधिलगायत समाजका अगुवाहरुको उपस्थितिमा डाँकिएको भेलामा श्रीमान र श्रीमती दुबैले आ–आफ्नो समस्या सुनाएका थिए । भेलामा श्रीमानले राम्रोसँग पाल्दै आएको र कुनै दुःख नदिएको बताइरहे पनि श्रीमतीले श्रीमानबाट आफ्नो यौन इच्छा पूरा गर्न नसकेको, श्रीमानको लिङ्ग सानो भएको र आफ्नो इच्छा आकांक्षा दबेको भन्दै सम्वन्ध बिच्छेद बाहेकको विकल्प नरहेको अडानमा डगमग भइनन् ।

वडा सदस्य समेत रहेका इनरुवा नगरपालिकाका न्यायिक समिति सदस्य रञ्जेश भट्टराईले सम्वन्ध बिच्छेदको घटनाको प्रकृति फरक र अचम्म पार्ने खालको भएको बताए । भट्टराईका अनुसार आफ्नो कथाव्यथा दुबैले पोखेका थिए । सदस्य भट्टराईका अनुसार भेलामा उपस्थित महिलाले विवाहको लामो समयसम्म श्रीमानबाट यौन सन्तुष्टिको आशा राखेर घरजम गरी बसे पनि श्रीमानबाट यौन सुखको अनुभूति पाउन नसकेपछि यो दम्पत्तिको गोप्य कुरो समाजमा ल्याउन बाध्य भएको भन्ने विषयको खुलासा गरेकी थिइन् ।

श्रीमतीले आफूले श्रीमान छाड्न चाहेको बताएपछि समाजले दुबैको मञ्जुरीमा सम्बन्धविच्छेदको बाटो खुला गर्दै आपसी रुपमा छुट्टिने निर्णय गरिदिएको छ । वडाध्यक्ष सुरेन्द्र यादव श्रवणले वडामा दुईवटा सम्वन्ध विच्छेदका घटना महिलाको इच्छा अनुरुप आपसी मञ्जुरी कायम गरी भएको बताएका छन् । महिलाले स्वयम् आफू बस्न नचाहने भन्दै यौन चाहना पूरा गर्न नसकेको कारण देखाएपछि समाजका अगुवाहरुको रोहवरमा सम्वन्ध विच्छेदको बाटो खुल्ला गरिदिने गरेको यादवले बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

टि–२० ब्याटिङको बरियतामा पारसले धोनी, क्रिस गेललाई समेत जिते
टि–२० ब्याटिङको बरियतामा पारसले धोनी, क्रिस गेललाई समेत जिते
युरोकप फुटबलः सहज जीत निकाल्दै पोर्चुगल अन्तिम १६ मा
युरोकप फुटबलः सहज जीत निकाल्दै पोर्चुगल अन्तिम १६ मा
अस्पताल स्थापना हुने भएपछि खुशीयाली
अस्पताल स्थापना हुने भएपछि खुशीयाली
संक्रमणकालको अन्त्यसँगै देश स्थायित्व र समृद्धिको युगमा प्रवेश : राष्ट्रपति भण्डारी (पूर्णपाठ)
संक्रमणकालको अन्त्यसँगै देश स्थायित्व र समृद्धिको युगमा प्रवेश : राष्ट्रपति भण्डारी (पूर्णपाठ)
लकडाउन थप कडा, कैलाली, कञ्चनपुर र बाग्लुङमा र्‍यापिड टेस्ट गरिने
लकडाउन थप कडा, कैलाली, कञ्चनपुर र बाग्लुङमा र्‍यापिड टेस्ट गरिने
गोरु जुधाएर रमिता, ४५ हल गोरु घम्साघम्सी
गोरु जुधाएर रमिता, ४५ हल गोरु घम्साघम्सी
लागुऔषध : ‘बरामद हुन्छ, नष्ट गरेको प्रमाण हुँदैन’
लागुऔषध : ‘बरामद हुन्छ, नष्ट गरेको प्रमाण हुँदैन’
यी हुन सित्तैमा पाइने औषधि- नारामा सीमित
यी हुन सित्तैमा पाइने औषधि- नारामा सीमित
माओवादी केन्द्रको केन्द्रीय समिति विघटन दोहोरो अंक नबढ्ने गरी केन्द्रीय समिति बनाउने निर्णय
माओवादी केन्द्रको केन्द्रीय समिति विघटन दोहोरो अंक नबढ्ने गरी केन्द्रीय समिति बनाउने निर्णय
पेट्रोलियम पदार्थको आयात घट्यो
पेट्रोलियम पदार्थको आयात घट्यो

तपाईंले छुटाउनुभयो कि?