पोर्चुगलमा एक नेपालीद्वारा अर्को नेपालीको छुरा प्रहार गरी हत्या
सारांश
- काठमाडौं ।
- पोर्चुगलमा एक नेपालीले अर्का नेपालीको छुरा हानेर हत्या गरेका छन् ।
- पर्वत मल्लाजका ४४ बर्षीय हरि बहादुर जिसीमाथि मंगलबार मध्यराति राजधानी लिस्बनस्थित क्याम्पो पिक्यानो मेट्रो स्टेशन नजिकैको खुला सडकमा छुरा प्रहार भएको थियो ।
काठमाडौं । पोर्चुगलमा एक नेपालीले अर्का नेपालीको छुरा हानेर हत्या गरेका छन् । पर्वत मल्लाजका ४४ बर्षीय हरि बहादुर जिसीमाथि मंगलबार मध्यराति राजधानी लिस्बनस्थित क्याम्पो पिक्यानो मेट्रो स्टेशन नजिकैको खुला सडकमा छुरा प्रहार भएको थियो ।
उनलाई धादिङ खहरेका अर्जुन सापकोटाले छुरा हानेका हुन् । घटनामा जिसीका भाइ ओमबहादुर गम्भीर घाईते भएका छन् । छुरा प्रहार गर्ने सापकोटा भने फरार छन् । घटनालगत्तै प्रत्यक्षदर्शी एक नेपालीले रेष्टुरेण्ट सञ्चालकलाई खबर गरेपछि प्रहरीले दुबै जनालाई अस्पताल र्पुयाएको थियो ।
४ दिन अघि मात्र उक्त रेष्टुरेण्टमा काम गर्न थालेका सापकोटालाई सञ्चालकले आइतबार कामबाट निकालिेपछि ओम बहादुरसँग बिवाद भएको थियो । ओम बहादुरका कारण रेष्टुरेष्ट सञ्चालकले आफूलाई कामबाट निकालेको भन्दै रुष्ट बनेका सापकोटाले उनिहरुमाथि छुरा प्रहार गरेका थिए ।
सपरिवार पोर्चुगल बस्दै आएका मृतक जिसीका श्रीमती र दुई छोरी छन् ।
(Xanax)
प्रतिक्रिया