डिश होमले पायो “इमर्जिङ्ग ब्राण्ड ” र “सी इ ओ अफ द इयर” अवार्ड !

Shikharkhabar Shikharkhabar
|
सोमबार, पौष ३, २०७४
|
|
२२ पटक हेरिएको
Shares
डिश होमले पायो “इमर्जिङ्ग ब्राण्ड ” र “सी इ ओ अफ द इयर” अवार्ड !

सारांश

  • पौष ३, काठमाडौं राजधानीको सोल्टी व्रmाउन  प्लाजामा भएको नेपाल बेष्ट ब्राण्ड अवार्ड २०१७ मा, डिश होमले “इमर्जिङ्ग ब्राण्ड अवार्ड” प्राप्त गरेको छ ।
  • यसका साथै डिश होमका प्रमुख कार्यकारी अधिकृत सुदिप आचार्य ज्युले सी.
  • इ.

पौष ३, काठमाडौं राजधानीको सोल्टी व्रmाउन  प्लाजामा भएको नेपाल बेष्ट ब्राण्ड अवार्ड २०१७ मा, डिश होमले “इमर्जिङ्ग ब्राण्ड अवार्ड” प्राप्त गरेको छ ।

यसका साथै डिश होमका प्रमुख कार्यकारी अधिकृत सुदिप आचार्य ज्युले सी.इ.ओ अफ द इयर २०१७ को आवार्ड समेत प्राप्त गर्नु भयो ।  थाइल्याण्डको सी एस आर, थट लिडर्स, सी एमओ र स्टार ग्रुपको आयोजनामा भएको उक्त कार्यक्रममा डिश होमलाई २ महत्वपूर्ण अवार्ड प्राप्त भएको हो । विश्वको विभिन्न देशहरुमा ब्राण्ड र यस सम्बन्धी कार्यक्रम गरि अवार्ड प्रदान गर्दै आएको सी एस आर, थट लिडर्स, सी एम ओ र स्टार ग्रुपले नेपालमा पनि सो कार्यक्रम आयोजना गरेको हो । नेपालका विभिन्न कम्पनीहरुको सहभागीता रहेको उक्त कार्यक्रममा भिन्न क्षेत्रका महत्वपूर्ण व्यक्तिहरुको सहभागिता रहेको थियो ।

फाइल तस्बिर सुदिप आच्र्य

नेपालमै पहिलो पटक डिजिटल स्याटेलाइट टि.भि. को प्रविधि भित्राउने डिश होम,नेपालको टेलिकम क्षेत्रमो सबैभन्दा छिटो अघि बढेको कम्पनी हो । सन् २००९ देखि सेवा शुरु गरेको डिश होमले नेपालमा डिजिटल टि.भि. सिग्नललाई नेपालभर विस्तार गरी देशलाई महत्वपूर्ण योगदान प्रदान गरेको छ । स्थापनाको छोटो समयमा नै आफ्नो सेवालाई देशको प्रमुख शहर देखि अत्यन्त ग्रामिण क्षेत्रमा समेत सहज रुपमा उपलब्ध गराउन सफल डिश होम, नेपालीहरुको टि.भि हेर्नका लागी पहिलो रोजाइको रुपमा स्थापित भैसकेको छ ।

समय, प्रविधि र ग्राहकको चाहनालाई सहज रुपमा पूर्ति गर्न सक्नु, सेवाको सहज उपलब्धता सृजना गर्नु, बिक्री पछिको सेवा सस्तो र सहज हुनु तथा कम्पनी भित्रको व्यवस्थापन चुस्त दुरुस्त हुनुले नै महत्वपूर्ण अवार्डहरु “इमर्जिङ्ग ब्राण्ड अवार्ड” र “सी इ ओ अफ द इयर” प्राप्त भएको कुरा कम्पनीले जनाएको छ । उक्त २ महत्वपूर्ण पुरस्कार प्राप्तिले कम्पनीलाई अझै जिम्मेवार तथा आफ्नो सेवाहरुलाई अझै परिस्कृत र परिमार्जित गर्दै लैजाने हौसला मिलेको कुरा कम्पनीका महाप्रबन्धक कल्याण अधिकारीले जनाउनु भएको छ ।

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    Nand Gurung

    dis home le awad payeko ramrai ho. gharma pokhara cable jodeko t b audaina mahina morepaxi paisa cllector jarur auxa. gaira patanle phone uthudaina sayed teha pani pati gut upa gut kai kura hola. chaina cable aune kura thiyo. kata harayo
    pokhara cable ko sanchlak. kati nisthuri rahe xan. sewa dina nasake tar nikale bho.karma chari lai phon garda des chalaune manis jastai bolxan. kaslai k bhanne.

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?