प्रम ओली कलैया अस्पताल निरीक्षणमा

Shikharkhabar Shikharkhabar
|
सोमबार, चैत्र १८, २०७५
|
|
३१ पटक हेरिएको
Shares
प्रम ओली कलैया अस्पताल निरीक्षणमा

सारांश

  • वीरगञ्ज, १८ चैत , प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार साँझ आएको हावाहुरीबाट घाइते भई कलैया अस्पतालमा उपचाररत बारा जिल्लाका पीडितसँग भेटघाट गर्नुभएको छ ।
  • उहाँसँगै उपप्रधानमन्त्री तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादव र गृहमन्त्री रामबहादुर थापा पनि हुनुहुन्थ्यो ।
  • अस्पातालमा उपचार गराइरहेका ४९ जनाको घाइते अवस्था बुझी प्रधानमन्त्री ओलीले घाइतेको यथाशीघ्र भरपर्दो उपचार व्यवस्था मिलाउन मातहतका निकायलाई निर्देशन दिनुभयो ।

वीरगञ्ज, १८ चैत , प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार साँझ आएको हावाहुरीबाट घाइते भई कलैया अस्पतालमा उपचाररत बारा जिल्लाका पीडितसँग भेटघाट गर्नुभएको छ । उहाँसँगै उपप्रधानमन्त्री तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादव र गृहमन्त्री रामबहादुर थापा पनि हुनुहुन्थ्यो । अस्पातालमा उपचार गराइरहेका ४९ जनाको घाइते अवस्था बुझी प्रधानमन्त्री ओलीले घाइतेको यथाशीघ्र भरपर्दो उपचार व्यवस्था मिलाउन मातहतका निकायलाई निर्देशन दिनुभयो ।

प्रधानमन्त्री ओलीलाई अस्पतालका डा सचेन्द्रकुमार यादवले उपचार गराइरहेका घाइतेको अवस्थाबारे जानकारी गराउनुभएको थियो । आइतबार साँझ ७ः३० बजेतिर आएको हुरीबतासबाट सबभन्दा बढी बारा जिल्लामा धनजनको क्षति भएको छ । बारामा मृतकको सङ्ख्या २८ पुगेको तथा पर्सामा एक जनाको मृत्यु भएको सम्बन्धित जिल्ला प्रहरी कार्यालयले जनाएका छन् । अहिलेसम्म क्षतिको पूर्ण विवरण आउन नसके पनि घाइतेको सङ्ख्या बढ्न सक्ने सुरक्षा निकायले अनुमान गरेको छ ।
प्रधानमन्त्रीको उक्त टोली पर्साको वीरगञ्जस्थित नारायणी उपक्षत्रीय अस्पतालमा उपचार गराइरहेका घाइतेको अवस्था बुझ्न त्यसतर्फ प्रस्थान गरेको छ । यसअघि गृह सचिव प्रेमकुृमार राईले हावाहुरीबाट व्यापक जनधनको क्षति भएको बारा जिल्लाको फेटा गाउँपालिका–७ पुरैनिया गाउँको स्थलगत निरीक्षण गर्नुभएको थियो । प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतलगायत प्रदेशका मन्त्रीले पनि सो ठाउँको निरीक्षण गर्नुभएको थियो । कलैया अस्पतालमा उपचार गराइरहेका घाइतेको अवस्था नेपाली काङ्ग्रेसका उपसभापति विमलेन्द्र निधिसमेतले बुझी घाइतेको उपचारमा राज्यले कुनै कसर बाँकी राख्न हुँदैन भन्नुभयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

राजनीति नेतृत्वविरुद्ध भइरहेका आक्रोशप्रति देउवाकाे हल्का टिप्पणी
राजनीति नेतृत्वविरुद्ध भइरहेका आक्रोशप्रति देउवाकाे हल्का टिप्पणी
सप्तरीमा चुनावी गतिविधि बढ्दो
सप्तरीमा चुनावी गतिविधि बढ्दो
को ‘सम्माननीय’, को  ‘माननीय’
को ‘सम्माननीय’, को ‘माननीय’
इङ्लिस प्रिमियर लिग : एभर्टनमाथि टोटनह्यामको आधा दर्जन गोल
इङ्लिस प्रिमियर लिग : एभर्टनमाथि टोटनह्यामको आधा दर्जन गोल
क्रिप्टोकरेन्सीसम्बन्धी जोखिम विश्लेषण प्रतिवेदन सार्वजनिक
क्रिप्टोकरेन्सीसम्बन्धी जोखिम विश्लेषण प्रतिवेदन सार्वजनिक
नेपाली ज्योतिष तथा वास्तु विज्ञ वर्ल्ड बुक अफ रेकर्ड्सबाट सम्मानित
नेपाली ज्योतिष तथा वास्तु विज्ञ वर्ल्ड बुक अफ रेकर्ड्सबाट सम्मानित
उपत्यका र नेपालगन्जलाई अस्वस्थ वायुले एक्कासी कसरी ढाक्यो?
उपत्यका र नेपालगन्जलाई अस्वस्थ वायुले एक्कासी कसरी ढाक्यो?
अभिनेता बरुण धवनले गरे यस्ताे खुलासा
अभिनेता बरुण धवनले गरे यस्ताे खुलासा
विमानस्थलबाट डेढ वर्षदेखि सुन तस्करीमा संलग्न एयरपोर्ट भन्सारका कर्मचारीसहित चारजना जेल चलान
विमानस्थलबाट डेढ वर्षदेखि सुन तस्करीमा संलग्न एयरपोर्ट भन्सारका कर्मचारीसहित चारजना जेल चलान
सम्झौता भएकाे २२ वर्षपछि मात्र नहर निर्माणमा भारत  अग्रसर !
सम्झौता भएकाे २२ वर्षपछि मात्र नहर निर्माणमा भारत अग्रसर !

तपाईंले छुटाउनुभयो कि?