कर्मचारी व्यवस्थापनबारे अध्ययन गर्न मन्त्री पण्डित भारतमा
सारांश
- काठमाडौं, २ पुस ।
- संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले संघीय संरचनामा कर्मचारी व्यवस्थापनको अभ्यासबारे भारतीय टोलीसँग आज छलफल गर्दैछन् ।
- मन्त्री पण्डितले भारतीय समकक्षीसहित कर्मचारी तालिम प्रतिष्ठान प्रमुख, संघीय लोकसेवा आयोगका अध्यक्ष लगायत पदाधिकारी, कर्मचारी प्रशासन हेर्ने निकायका अधिकारीसँग छलफल गर्ने कार्यक्रम रहेको मन्त्रालयले जनाएको छ ।
काठमाडौं, २ पुस । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले संघीय संरचनामा कर्मचारी व्यवस्थापनको अभ्यासबारे भारतीय टोलीसँग आज छलफल गर्दैछन् ।
मन्त्री पण्डितले भारतीय समकक्षीसहित कर्मचारी तालिम प्रतिष्ठान प्रमुख, संघीय लोकसेवा आयोगका अध्यक्ष लगायत पदाधिकारी, कर्मचारी प्रशासन हेर्ने निकायका अधिकारीसँग छलफल गर्ने कार्यक्रम रहेको मन्त्रालयले जनाएको छ ।
यस्तै, कर्मचारीको वृत्ति विकास, बढुवा तथा सरुवा प्रणाली, स्थानीय तहका कर्मचारीको क्षमता विकासमा सहयोग लगायत विषयमा समेत मन्त्री पण्डितले स्थलगत अध्ययन गर्ने कार्यक्रम छ ।
सरकारले संघ, प्रदेश र स्थानीय तहमा कर्मचारी समायोजन प्रक्रिया अघि बढाएसँगै छिमेकी मुलुकमा संघीय संरचनामा कर्मचारीको व्यवस्थापनको अभ्यास बारे छलफल एवं अध्ययन गर्न लागिएको मन्त्रालयले उल्लेख गरेको छ ।
प्रतिक्रिया