कतै असिनापानी, कतै हावा मात्रै किन ?

Shikharkhabar Shikharkhabar
|
आइतबार, कार्तिक १२, २०७४
|
|
३० पटक हेरिएको
Shares
कतै असिनापानी, कतै हावा मात्रै किन ?

सारांश

  • काठमाडौं, कात्तिक १२ – शनिबार राति काठमाडौंमा ठूलो असिनापानी प¥यो भन्ने कुरा काठमाडौंकै कतिपय बासिन्दालाई पत्यार लागेन ।
  • असिनापानी परेको ठाउँका बासिन्दाले फेसबुकमा फोटो राखेपछि मात्रै धेरैलाई अचम्म लाग्यो ।
  • केही दिनदेखि मौसम बदली भैरहेकोमा शनिबार साँझपख काठमाडौंका केही ठाउँ सहित देशका अरु भेगमा पनि असिनापानी पर्यो ।

काठमाडौं, कात्तिक १२ – शनिबार राति काठमाडौंमा ठूलो असिनापानी प¥यो भन्ने कुरा काठमाडौंकै कतिपय बासिन्दालाई पत्यार लागेन । असिनापानी परेको ठाउँका बासिन्दाले फेसबुकमा फोटो राखेपछि मात्रै धेरैलाई अचम्म लाग्यो ।

केही दिनदेखि मौसम बदली भैरहेकोमा शनिबार साँझपख काठमाडौंका केही ठाउँ सहित देशका अरु भेगमा पनि असिनापानी पर्यो । मध्यपुरथिमीमा ठूलो असिनापानी पर्दा भक्तपुरकै सूर्यविनायकमा फाट्टफुट्ट मात्रै पानी पर्यो । काठमाडौं उपत्यकाकै अरु ठाउँमा हावा मात्रै चल्यो, पानी परेन ।

‘म बस्ने ठाउँ सूर्यविनायकमा अलिअलि मात्र पानी परेको बेला मध्यपुरथिमीमा बस्ने साथीले डेढफिटसम्म असिनापानी पर्यो भन्दा मलाई नै अचम्म लाग्यो’ मौसमविद विभूती पोख्रेलले भन्नुभयो, ‘केही ठाउँमा पानी पर्छ भनेर हामीले पूर्वानुमान गरेको भएपनि असिना पर्छ भनेर अनुमान गरेका थिएनौं ।’

यस्तो किन भयो त भन्ने जिज्ञासामा मौसमविद पोख्रेलले अहिलेको बदली बायुमण्डलको उच्च भागमा भएकाले यकिन अनुमान गर्न गाह्रो भएको बताउनुभयो । ‘बायुमण्डलको उच्च भागमा न्यूनचापीय क्षेत्र विकास भएको र स्थानीय वायुको समेत प्रभावले मौसममा यस्तो बदली भएको हो’ उहाँले भन्नुभयो, ‘यस्तो बेला कुनै ठाउँमा पानी पर्ने र नजिकै पर्ने अर्को ठाउँमा पानी नपर्ने हुन सक्छ ।’

आइतबार बेलुकीपख पनि केही ठाउँमा शनिबारजस्तै असिनापानी पर्न सक्ने उहाँको भनाई छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

लेखा परीषकका कारण भ्रष्टाचार बढेको अख्तियारको आरोप
लेखा परीषकका कारण भ्रष्टाचार बढेको अख्तियारको आरोप
ओली(मोदीले गरे विराटनगर(जोगवनी इन्टिग्रेटेड चेक पोस्ट उद्घाटन)
ओली(मोदीले गरे विराटनगर(जोगवनी इन्टिग्रेटेड चेक पोस्ट उद्घाटन)
राजविराज जेसिज भवनमा आगजनी
राजविराज जेसिज भवनमा आगजनी
नेपाली कांग्रेस महासमिति सदस्य महताराले गरे यस्ताे अपिल
नेपाली कांग्रेस महासमिति सदस्य महताराले गरे यस्ताे अपिल
प्रचण्डको प्रश्न, “ कांग्रेसका राजनीतिक एजेण्डा सकिएकै हुन् ?
प्रचण्डको प्रश्न, “ कांग्रेसका राजनीतिक एजेण्डा सकिएकै हुन् ?
नेपाली आकाशमा थपिँदै नयाँ हेलिकोप्टरः लगानी विस्तार गर्दै सेवाप्रदायक कम्पनीहरु
नेपाली आकाशमा थपिँदै नयाँ हेलिकोप्टरः लगानी विस्तार गर्दै सेवाप्रदायक कम्पनीहरु
मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा : ऋणीलाई राहत
मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा : ऋणीलाई राहत
मन्त्रीमण्डल फेरबदलका लागि नेकपाको सचिवालय बैठक बस्दै
मन्त्रीमण्डल फेरबदलका लागि नेकपाको सचिवालय बैठक बस्दै
नेपाल–भारत योगा प्रवद्र्धनको लागि काठमाडौंमा विशेष कार्यक्रम हुँदै
नेपाल–भारत योगा प्रवद्र्धनको लागि काठमाडौंमा विशेष कार्यक्रम हुँदै
उज्यालोमै नारायणगढ पुग्ने गरी काठमाडौंबाट बस छुटाइने
उज्यालोमै नारायणगढ पुग्ने गरी काठमाडौंबाट बस छुटाइने

तपाईंले छुटाउनुभयो कि?