गाँजाका बोट फडानी
सारांश
- बागलुङ, १ भदौ ।
- लागूऔषध बनाउनका लागि जिल्लाका विभिन्न ठाउँमा एक हजार २८५ रोपनी जमीनमा लगाइएका गाँजाको बोट फडानी गरिएको गरिएको छ ।
- जिल्ला प्रहरी कार्यालयलका अनुसार यही साउन २५ देखि २९ गतेसम्म ताराखोला, निसीखोला र बडीगाड गाउँपालिकाभित्र लाइएका गाँजाको बेट फडानी गरिएको हो ।
बागलुङ, १ भदौ । लागूऔषध बनाउनका लागि जिल्लाका विभिन्न ठाउँमा एक हजार २८५ रोपनी जमीनमा लगाइएका गाँजाको बोट फडानी गरिएको गरिएको छ ।जिल्ला प्रहरी कार्यालयलका अनुसार यही साउन २५ देखि २९ गतेसम्म ताराखोला, निसीखोला र बडीगाड गाउँपालिकाभित्र लाइएका गाँजाको बेट फडानी गरिएको हो ।ताराखोला गाउँपालिकाका पाँचै वडामा गरी २८५ रोपनी,मा निसीखोला गाउँपालिका–६ को ६५० रोपनी, बडीगाड गाउँपालिका–८ को ३८५ रोपनी जमीनमा लागाइएको गाँजा इलाका प्रहरी कार्यालय ताराखोला, भिमगिठे र बुर्तिबाङबाट खटिएको प्रहरी टोलीले फडानी गरी जलाएर नष्ट गरेको प्रहरी नायव उपरीक्षक बालनरसिंह राणाले बताए।
फडानीका क्रममा यसअघि गाँजा लगाइने ठाउँमा अन्नबाली लगाएको पाइएको उनकाे भनाइ थियो ।प्रहरीका अनुसार वर्षेनी फडानी गर्दा र सचेत गराउँदा पनि स्थानीयवासीले गाँजा बनाउने उद्देश्यले ठूलो मात्रामा भाँगो खेती गर्न छोडेका छैनन् । जिल्लाको पश्चिम क्षेत्रमा अवैधरूपले गाँजाको उत्पादन, बेचबिखन र ओसारपसार बढी हुने गरेको छ ।
Naveen Shrestha
good job , keep doing wasting police manpower instead of using as important herbs , hahaha make it legal n reduce tax of public !!!!!