कुन पार्टीले कहाँ-कहाँ जिते ? हेर्नुहोस् सूची (अपडेट)
सारांश
- काठमाडौं ।
- स्थानीय तह निर्वाचन प्रदेश नम्बर २ मा भइरहेको मतगणना जारी छ ।
- मत परिणाम अनुसार ७ वटा स्थानीय तहको अन्तिम मत परिणाम सार्वजनिक भइसकेको छ ।
काठमाडौं । स्थानीय तह निर्वाचन प्रदेश नम्बर २ मा भइरहेको मतगणना जारी छ । मत परिणाम अनुसार ७ वटा स्थानीय तहको अन्तिम मत परिणाम सार्वजनिक भइसकेको छ ।
कांग्रेसले जितेका स्थानीय तह
१. सिरहाको नवराजपुर गाउँपालिकामा कांग्रेसका विश्वमोहन यादव प्रमुखमा र शोभाकुमारी यादव उपप्रमुखमा विजयी ।
२. धनुषाको औरहीमा प्रमुखमा कांग्रेस ब्रम्हदेव यादव र उपप्रमुखमा मिरा सहनी विजयी ।
३ .सर्लाहीको धनकौल गाउँपालिका अध्यक्षमा रामआश्रय साह र उपाध्यफमा अकली सहनी विजयी ।
४. धनुषाको जनकनन्दिनीमा कांग्रेसका मोहम्मद वारिक शेष प्रमुख र उपप्रमुखमा कांग्रेसकै भारती कार्की विजयी ।
एमालेले जितेका स्थानीय तह
१. धनुषाको बटेश्वरमा एमालेका डम्बरबहादुर राउत र उपप्रमुखमा इन्दिरा सिंह विजयी ।
२ .सप्तरीको सप्तकोशी नगरपालिकाको प्रमुखमा एमालेका उत्तम गौतम र उपप्रमुखमा एमालेकै आशा चौधरी विजयी ।
३. पर्साको पटेर्वा सुगौलीमा एमालेका हरिनारायण चौधरी विजयी ।
४. धनुषाको मुखियापट्टिमा एमालेका मनोजकुमार यादव विजयी ।
माओवादी केन्द्रले जितेका स्थानीय तह
१. सिरहाको अर्नमामा माओवादीका विजयी ठकु महतो कोइरी र उपप्रमुखमा माओवादीकै सीयावती मुखिया विजयी ।
२. सिरहाको कर्जन्हा नगरपालिकामा माओवादीका गंगा पासवान विजयी ।
नेपाल लोकतान्त्रिक फोरमले जितेका स्थानीय तह
१. सर्लाहीको विष्णु गाउँपालिकामा अध्यक्षमा जवाहरलाल यादव विजयी ।
२. तहटको ईशानाथ नगरपालिकामा नेपाल लोकतान्त्रिक फोरमका सन्तोष मेहता विजयी ।
संघीय समाजवादी फोरम, नेपालले जितेका स्थानीय तह
१. सिरहाको विष्णपुर गाउँपालिकामा संघीय समाजवादी फोरमका जागेश्वर यादव विजयी ।
राजपाले जितेका स्थानीय तह
१.धनुषाको हंसपुरमा राजपाका रामज्ञान मण्डल मेयर र रेणु झा उपमेयर विजयी ।
प्रतिक्रिया