बागमती प्रदेशका मुख्यमन्त्रीलाई कोरोना संक्रमण

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, कार्तिक ७, २०७७
|
|
४० पटक हेरिएको
Shares
बागमती प्रदेशका मुख्यमन्त्रीलाई कोरोना संक्रमण

सारांश

  • बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेललाई कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ।
  • पौडेललेका प्रेस संयोजक प्रकाश दाहालले दिएको जानकारी अनुसार केही समय अगाडिबाट सामान्य रुघाखोकी देखिएपछि उनी सुरक्षाविधि अपनाएर होम आइसोलेशनमा बसेका थिए।
  • कोरोना परीक्षणका लागि उनले बुधबार स्वाब दिएका थिए।

बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेललाई कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ। पौडेललेका प्रेस संयोजक प्रकाश दाहालले दिएको जानकारी अनुसार केही समय अगाडिबाट सामान्य रुघाखोकी देखिएपछि उनी सुरक्षाविधि अपनाएर होम आइसोलेशनमा बसेका थिए।

कोरोना परीक्षणका लागि उनले बुधबार स्वाब दिएका थिए।उनलाई बिहीबार कोरोना पुष्टि भएको हो। पौडेलसँगै मुख्यमन्त्रीकी पत्नी विजया पौडेल, एक जना सुरक्षाकर्मी, २ जना चालक र एकजना कार्यालय सहयोगीमा पनि कोरोना संक्रमण भएको छ। उनीहरू सबैको अवस्था सामान्य रहेको प्रेस संयोजक दाहालले बताए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?