शशांक उम्किँदा पौडेल समूहमा भूकम्प

Shikharkhabar Shikharkhabar
|
सोमबार, आषाढ २६, २०७४
|
|
१८ पटक हेरिएको
Shares
शशांक उम्किँदा पौडेल समूहमा भूकम्प

सारांश

  • काठमाडौं ।
  • मुलुकको सबैभन्दा ठूलो र सत्ताधारी पार्टीका महामन्त्री शशांक कोइरालाले गुट परिवर्तन गरे भन्दा कसले पत्याउला र ?
  • तर, कोइरालाको पुरानो संस्थापन पक्षले भने यस्तै निष्कर्ष निकालेको छ ।

काठमाडौं । मुलुकको सबैभन्दा ठूलो र सत्ताधारी पार्टीका महामन्त्री शशांक कोइरालाले गुट परिवर्तन गरे भन्दा कसले पत्याउला र ? तर, कोइरालाको पुरानो संस्थापन पक्षले भने यस्तै निष्कर्ष निकालेको छ ।

रामचन्द्र पौडेल अर्थात् पुरानो संस्थापन पक्षका खम्बा मानिएका शशांक कोइरालाले पार्टी सभापति शेरबहादुर देउवाको पार्टी विरोधी र जनविरोधी निर्णयहरुमा लगातार साथ दिन थालेपछि पौडेल समूहले यस्तो निष्कर्ष निकालेको हो । पौडेल समूहले आफूलाई बिपी कोइरालाको विारसत थाम्ने पार्टीभित्रको संस्थापन पक्ष ठान्छ । तर उनकै पुत्र तथा पार्टी महामन्त्रीले आफ्नो भनिएको संस्थापन पक्षलाई बेवास्ता गर्न थालेपछि पौडेल समूहमा निकै ठूलो छटपटी शुरु भएको छ ।

पौडेल समूहको निष्कर्ष छ कि राष्ट्रिय राजनीति, कार्यनीति, अर्को गुटको षड्यन्त्र तथा आफूनिकट नेता तथा कार्यकर्ताको भावना नबुझ्ने महामन्त्री कोइरालाको स्वभावका कारण पनि पौडेल समूहले हैरानी व्यहाृरिरहेको छ ।  साँघु साप्ताहिकमा खबर छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?