प्रकाशमान सिंह राउत प्रधानन्यायाधीशमा सिफारिश

Shikharkhabar Shikharkhabar
|
सोमबार, भाद्र ३१, २०८१
|
|
३३ पटक हेरिएको
Shares
प्रकाशमान सिंह राउत प्रधानन्यायाधीशमा सिफारिश

सारांश

  • काठमाडौं।
  • प्रकाशमान सिंह राउत प्रधानन्यायाधीशमा सिफारिश भएका छन्।
  • आज बसेको संवैधानिक परिषदको बैठकले वरिष्ठताका आधारमा वरिष्ठ न्यायाधीश राउतलाई प्रधानन्यायाधीशमा शिफारिस गरेको हो।

काठमाडौं। प्रकाशमान सिंह राउत प्रधानन्यायाधीशमा सिफारिश भएका छन्। आज बसेको संवैधानिक परिषदको बैठकले वरिष्ठताका आधारमा वरिष्ठ न्यायाधीश राउतलाई प्रधानन्यायाधीशमा शिफारिस गरेको हो।

सर्वोच्चका प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ ६५ वर्षे उमेर हदका कारण असोज १९ देखि अवकाशमा जाँदै छन्। संविधानको धारा २८४ (३ )बमोजिम अवकाशमा जानुभन्दा एक महिनाअघि नै नयाँ प्रधानन्यायाधीश नियुक्तिका लागि परिषद्ले सिफारिस गर्नुपर्ने व्यवस्था छ। संवैधानिक व्यवस्थाअनुसार भदौ १९ मा नै सिफारिस हुनुपर्नेमा अहिलेसम्म परिषद् बैठक बस्न सकेको थिएन।

नयाँ प्रधानन्यायाधीशका लागि न्यायपरिषदले ८ जना सम्भावित न्यायाधीशहरूको सूची संवैधानिक परिषदमा पठाएको थियो। जसमा न्यायाधीशहरू प्रकाशमान सिंह राउत, सपना प्रधान मल्ल, प्रकाश कुमार ढुंगाना, कुमार रेग्मी, हरिप्रसाद फुयाल, मनोजकुमार शर्मा, कुमार चुडाल र नहकुल सुवेदी रहेका थिए।

प्रधानमन्त्री केपी शर्मा ओली अध्यक्ष हुने संवैधानिक परिषदमा प्रमुख विपक्षी दलका नेता पुष्पकमल दाहाल प्रचण्ड, सभामुख देवराज घिमिरे, प्रधानन्यायाधीश विश्वम्भर श्रेष्ठ, राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहाल र उपसभामुख इन्दिरा राना मगर सदस्य रहेका छन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?